• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   प्रदीप र दिव्याको ‘एक्टर’को छायांकन सुरु ★   नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छ: पूर्वसभामुख ढुंगाना ★   प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्यो: उपाध्यक्ष भुसाल ★   स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने ★   आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने ★   पाँचखालमा रुखमा बाँधेर जलाएको अवस्थामा एक पुरुषको शव फेला ★   नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने ★   तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ ★   कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा

मिटरब्याज तथा लघुवित्त पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौं: अध्यक्ष लिङदेन



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज तथा लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या समाधान नभए संसदको आगामी बैठक अवरुद्ध पार्ने चेतावनी दिनुभएको छ ।

मिटरब्याज पीडित र लघुवित्त पीडितहरुले फेरि काठमाडौंमा आन्दोलन चर्काइरहेका बेला उहाँले सरकारले उनीहरुलाई खुशी बनाएर फिर्ता नगरे आफूहरु संसद र सडक दुवै संघर्ष चर्काउने चेतावनी दिनुभएको हो ।

सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङदेनले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा, मिटरब्याजी पीडित, लघुवित्त पीडित र दुग्ध उत्पादक किसानहरुको भुक्तानीको विषयमा सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने नारा दिएर अगाडि बढेको पार्टी नेतृत्वको सरकारले देखेर पनि नदेखेको जस्तो गरेर बसेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले उनीहरुको मागलाई सम्बोधन नगरेर संसदको आगामी बैठक अवरुद्ध गर्ने र त्यसक्रममा संसदबाट बाहिरिन परे पनि आफ्नो पार्टी तयार रहेको पनि बताउनु भयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘यो संसदको प्रारम्भदेखि नै केही विषयहरु निरन्तर रुपमा उठिरहेका छन् । खासगरी मिटरव्याज पीडितहरुका कुरा, दुग्ध उत्पादक किसानहरुको भुक्तानीको विषय, लघुवित्त पीडितहरुको समस्या र सँगसैगै बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्रीको राजीनामाको विषय । लामो समयदेखि संसदले यी विषयहरुलाई मुद्दाको रुपमा उठाईराख्दाखेरी पनि सरकार सुनेर पनि नसुनेको, देखेर पनि नदेखेको जस्तो गरेर बसीराखेको छ । आज म ठोस रुपमा सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । र, राष्ट्रिय प्रजातन्त्र पार्टीकोतर्फबाट भन्न चाहन्छु कि सरकारले जुन मिटरब्याज पीडितहरुको, लघुवित्त पीडितहरुको र दुग्ध किसानहरुको समस्यामा अदेखा गरेको छ मात्रै होइन, उनीहरुलाई पीडामाथि जुन हाँसीमजाक उडाईराखेको छ । अब हामी यसरी आवाज उठाएर टुलुटुलु हेरेर मात्रै बस्न सक्दैनौं । म लामो कुरा भन्दिन ।’

‘सरकारले यो तीन वटा विषयमा मिटरव्याज पीडितहरुको विषयमा, लघुवित्त पीडितहरुको विषयमा र दुग्ध उत्पादक कृषकहरुको विषयमा आउने बैठक भित्रमा ठोस सम्बोधन गरेन भने आउने बैठकबाट राप्रपाले संसद अवरुद्ध गर्छ । हामीलाई संख्यामा कम भएको कारणले यहाँबाट निकालिन्छ भने हामी निस्कन तयार छौं । तर यो समस्यामा राष्ट्रिय प्रजातन्त्र पार्टी संसद र सडक दुवैतर्फ उभिन्छ । र म फेरि पनि भन्छु–सरकारको ध्यानाकर्षण गर्न चाहन्छु–कि अहिले यो गणतन्त्रको १५ वर्षमा देशमा कुन प्रकारको न्याय व्यवस्था छ भन्नेकुरा अहिले सडकमा देखिएको छ । सर्वहारावर्गको अधिनायकत्वको स्थापनाको नारा दिएर अगाडि बढेको पार्टीको नेतृत्वमा अहिले अहिले सरकार भएको बेलामा सर्वहारावर्गको अवस्था के छ भन्ने कुरा भृकुटीमण्डव र सिफलमा देखिन्छ । त्यसकारण म फेरि पनि दोहोर्‍याएर भन्न चाहन्छु–आउने बैठकसम्ममा यो वित्तिय समस्या र दुग्ध उत्पादक कृषकहरुको समस्यामा सरकारको ठोस जवाफ आएन, निष्कर्ष आएन भने र उनीहरुलाई खुशी भएर घर फर्कने वातावरण बनेन भने आउने संसदको बैठक अवरुद्ध गर्छ ।’

अध्यक्ष लिङदेनले सरकारले पीडामा रहेका जनताको समस्यालाई पनि बेवास्ता गरिरहेको आरोप लगाउनु भयो ।