१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: प्लाटिनम कलेजका सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरिएको छ ।

त्रिभुवन विमानस्थलबाट बरामत १४ किलो सुन प्रकरणमा गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को एक अधिकारीले जानकारी दिए ।

२१ मंसिरमा फ्लाई दुबईबाट काठमाडौँ ल्याईएको १४ किलो सुनसहित चन्द्र घले पक्राउ परेका थिए । गिरोहले ल्याएको सुन अध्यागमन कर्मचारीको मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो ।

अनुसन्धानकै क्रममा दुबईमा रहेका अंकित अग्रवाल र गुरु भनिने भारतीय नागरिकले १३८ किलो सुन तस्करी गरिसकेको खुलेको थियो । उनीहरुको सम्पर्क प्लाटिनम कलेजका सञ्चालक गुरुङसँग पनि देखिएपछि जिल्ला अदालत, काठमाडौंमामा उनलाई प्रतिवादी बनाइएर मुद्दा दायर गरिएको थियो ।