३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंकका ग्राहकले ओम हस्पिटलका सेवाहरूमा १० प्रतिशत छुट पाउने



अ+ अ-

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच आपसी सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको उपस्थितिमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार कृषि विकास बैंकका खातावाला ग्राहकहरूले ओम हस्पिटलको ओपिडी शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा कृषि विकास बैंकका कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

२०२४ माघ ७ गते स्थापित बैंकको हाल ७ वटै प्रदेशका ७७ जिल्लामा २८३ वटा शाखा कार्यालय रहेका छन् । बैंकका विभिन्न जिल्लामा १६ वटा एक्सटेन्सन काउन्टरहरू रहेका छन भने १२९ वटा एटिएम मेसिनहरू रहेका छन् ।