१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ महानगरका चार अस्पतालको फोहोर संकलनमा रोक– तस्बिरहरु

काठमाडौँ महानगरका चार अस्पतालको फोहोर संकलनमा रोक– तस्बिरहरु
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ ।

कलंकी क्षेत्रमा रहेका सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल र चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो । कलंकी क्षेत्रमा गएको शुक्रबार र चावहिल क्षेत्रका अस्पतालको आज अनुगमन गरिएको थियो ।

यस अघि कान्ति बाल अस्पतालको फोहोरमा रोक लगाइएको थियो । यसरी फोहोर रोक लगाइएका अस्पतालहरुलाई संक्रमित फोहोर निसंक्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहोरमैला व्यवस्थापनका लागि गरिएका प्रतिवद्धता, अहिले फोहोर व्यवस्थापनका लािग सहकार्य गरिएका संघसंस्थाहरुको विवरण लिएर ३ दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन भनिएको छ ।

‘ल्याण्डफिल साइटमा कुनै पनि हानीकारक फोहोर नपुगोस भनेर हामीले अनुगमन गरेका हौँ । अनुगमनका क्रममा फोहोर व्यवस्थापन अभ्यास हेर्दा फरक फरक अवस्था देखिएको छ ।’ श्रेष्ठले भन्नुभयो, ‘संक्रमित फोहोरको व्यवस्थापन उत्पादक आफैँको हुन्छ । अस्पतालहरुको अवस्था हेर्दा सबैमा एकै खालको कसुर छैन । कसैले तत्काल सुधार गर्न सक्ने देखिन्छ । कुनै अस्पतालको फोहोर व्यवस्थापनका लागि पूर्वाधार र संयन्त्र नै बनाउनु पर्ने देखिएको छ । यसका आधारमा रोकिएको फोहोरको सम्बन्धमा निर्णय गरिनेछ ।’

सहिद मेमोरियल अस्पताल, कलंकी

विशेषज्ञ सेवासहितको यो अस्पताल १ सय वेडको हो । फोहोर वर्गीकरण गर्न राखिएका बाल्टिनहरुको रंग संकेत मिलेको छैन । सबै खालको फोहोर सबै बाल्टिनमा राखिएको छ । वार्डमा उत्पादन भएका सुईलाई निसंक्रमित बनाउन साना साना अटोक्लेभ राखिएका छन् । यी अटोक्लेभहरुको बिर्को राम्ररी नलाग्ने भएपछि प्रभावकारितामा प्रश्न उठेको छ ।

संकलित फोहोर ढुवानी गर्ने प्रणाली व्यवस्थित छैन । अनुगमनका बारेमा जानकारी दिँदै वातावरण निरीक्षक सृष्टि श्रेष्ठ भन्नुहुन्छ, ‘अटोक्लेभ गर्ने मेसिन भएको ठाउँमा पुग्ने साँघुरो बाटो छ । अँध्यारो र साँघुरो ठाउँबाट जानुपर्दा संक्रमित फोहोरले भित्ता र अन्य सामानमा छुने र यसबाट संक्रमण वढ्ने खतरा छ ।’

अस्पतालको छतमा सिरिञ्जलगायत कालो प्लाष्टिकका बाँधेर फोहोरका पोका राखिएका छन् । यो फोहोर खुला भएकोले पंक्षीहरुको सिधा सम्पर्कमा छ । यसकारण पनि जोखिम छ । फोहोर वर्गीकरण नभएपछि कुन संक्रमित, कुन सामान्य भन्न सकिने अवस्था छैन । फोहोर उत्पादन कति हुन्छ, अभिलेख राखिएको छैन ।

नेपाल नेशनल अस्पताल, कलंकी

२५ शय्याको यो अस्पताल विशेषज्ञ सेवा सहितको हो । अस्पतालको फोहोर व्यवस्थापन कमजोर छ ।

स्रोतमा फोहोर वर्गीकरण गर्नका लागि रंग संकेतको उचित प्रयोग भएको छैन । कुन फोहोर कुन बाल्टिनमा हाल्ने हो, लेखिएको छैन । कति ठाउँमा अँध्यारोमा बाल्टिन राखिएका छन् । शौचालयको मुखमै राखिएका बाल्टिनमा शौचालयबाट उत्पादन भएको फोहोर समेत मिसिने खतरा देखिन्छ ।

संकलित फोहोर ढुवानी गर्ने साधनको उचित प्रबन्ध छैन । अस्पतालको पार्किङ्सँगै जस्ताले बेरेको फोहोर वर्गीकरण गर्ने कोठा बनाइएको छ । यसमा फरक फोहोर राख्न छुट्टै कक्ष बनाइएको छ । यति भएर पनि कुनमा कुन खालको फोहोर राख्ने एकिन छैन । यहाँ जम्मा भएको संक्रमित फोहोरलाई निसंक्रमित बनाउन अटोक्लेभ छैन । अस्पतालको नर्सिङ्क विभागका प्रमुख दीपा पौडेल भन्नुहुन्छ, ‘मैले सेवा सुरु गरेको २ महिना मात्र भयो । त्यस अघि नै अटोक्लेभ मेसिन विग्रिएर बनाउन लगेको सुनेकी छु । अहिलेसम्म आएको छैन ।’ उसो भए संक्रमित फोहोर कसरी निर्मलीकरण गर्नुहुन्छ त, जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले सोध्नुभएको प्रश्नमा जवाफ दिँदै पौडेलले भन्नुभयो, ‘रसायन हालेर यसलाई निसंक्रमित बनाउँछौँ ।’

अस्पतालले फोहोरको मात्रा र प्रकृतिको अभिलेख राखेको छैन ।

दीर्घायु गुरु अस्पताल, चावहिल

विशेषज्ञ सेवासहितको यो अस्पताल ५० शय्याको हो । यो अस्पतालले फोहोर व्यवस्थापनका लागि न्युनतम मापदण्ड पनि पालना गरेको छैन । मात्रा र प्रकृतिको अभिलेख छैन । स्रोतमा फोहोर वर्गीकरण गर्न सामान्य बाल्टिन राखेको भए पनि फोहोर नमिसिएको बाल्टिन छैन । नर्सिङ् स्टेशन नजिकै हुने औषधि वितरण गर्ने ट्रलीमा फोहोर राख्ने कुनै प्रणाली छैन ।

यसरी उत्पादन भएको फोहोर ढुवानी गरेर भण्डारण कक्षमा लैजाने साधन छैनन् । अस्पतालको प्राङ्गणको एउटा कुनामा फोहोर संकलन गर्ने कोठा बनाइएको छ । यो कोठामा सबै मिसिएको फोहोर राखिएका पोकाहरु छन् ।

जोखियुक्त फोहोर कहाँ राख्नुहुन्छ त, अनुगमन टोलीमा सहभागी महानगरपालिकाकी उपनिर्देशक सानुमैया महर्जनको प्रश्नमा उत्तर दिँदै अस्पतालका प्रशासन विभागका कर्मचारीले महेश उप्रेतीले अस्पताल अगाडि रहेको सडक पार गराउँदै अर्को साइडमा रहेको पार्किङ् स्थलमा पुर्‍याए । पार्किङ्को एक छेउमा बोराहरुको थुप्रो थियो । उनले त्यसको छेउमा बनाइएको खाल्टोको ढकन खोल्दै भने, हामीले हानीकारक फोहोर यहीँ हाल्ने हो । अनुगमन टोलीले प्रश्न राख्यो, अहिले त खाडल रित्तै छ त । उप्रेतीले जवाफ दिनुभयो, भर्खर निकालेर बोरामा हालेको । अनि बोरामा किन नि, टोलीले सोधेको अर्को प्रश्नमा जवाफ दिँदै उहाँले भन्नुभयो, हामीले गोकर्णेश्वर नगरपालिकासँग कुरा गरेका छौँ । यो फोहोर उतै पठाउने हो ।

यसरी दिइएका जवाफ चित्त बुझ्दा थिएनन । गहिरो कालो खाल्टोबाट जोखिमयुक्त फोहोर निकाल्ने कुनै प्रविधि वा उपकरण पनि थिएन ।

ओम अस्पताल, चावहिल

१७५ वेडको यो अस्पताल विशेषज्ञ सेवासहितको हो । अस्पतालको सामान्य फोहोर संकलन गर्न महानगरपालिकाको कन्टेनर राखिएको छ ।

अनुगमन टोली सुरुमै कन्टेनर भएको ठाउँमा गयो । यसका राखिएका फोहोरका पोका खन्याएर हेर्दा रगत देखिने केही कटनका टुक्रा फेला परे । यसअघि पनि कमजोरी थियो । सुधार देखिएन नि, वातावरण निरीक्षक सृष्टि श्रेष्ठले प्रश्न सोधेपछि हाउस किपर अफिसर ज्वाला सुवेदीले भन्नुभयो, यो मिसिनु मानवीय कमजोरी हो । हामीले जनशक्तिसहितको संयन्त्र बनाएर काम थालेका छौँ । यसबाहेक सिरिञ्ज तथा अन्य धारिला र संक्रमण भएका फोहोर कन्टेनरमा आउन सक्ने कुनै अवस्था छैन ।

संक्रमित फोहोरलाई निसंक्रमित बनाउन अटोक्लेभ मेसिन राखिएको छ । मेसिन निसंक्रमण बनाउन फोहोरलाई प्लाष्टिकमा पोको पार्ने गरिएको छ । प्लाष्टिकको पोकोमा प्वाल नहुँदा बाफ भित्री भागमा नपुग्ने जोखिम छ । अनुगमन टोलीले सुझाव दिँदै भन्यो, ‘जोखिम शुन्य बनाउनु पर्छ । यसले अस्पतालसँगै ढुवानी र ल्याण्डफिल साइट व्यवस्थापनमा काम गर्ने कर्मचारीको स्वास्थ्य जोखिम कम हुन्छ ।’
अस्पतालले फोहोरको मात्रा र प्रकृतिको अभिलेख राख्न सुरु गरेको छ । यसलाई नियमित गर्नु पर्ने देखिन्छ । जोखिमयुक्त फोहोरसँगै सामान्य फोहोरको मात्रा र अटोक्लेभपछि सामान्य फोहोर भएर विक्री गर्ने र ल्याण्डफिल साइटमा पठाउने फोहोरको मात्रा अभिलेखन गर्न टोलीले सुझाव दिएको छ ।

विक्री हुने फोहोर धेरै समयसम्म एकै ठाउँमा राख्दा मुसा र विरालोले छर्ने, अन्यत्र ठाउँमा लैजाने जोखिम देखियो । यसैको नजिक सालनाल व्यवस्थापन गर्ने प्लान्ट छ । एकै ठाउँमा भएका संरचनाहरुका कारण आपसमा संक्रमण सर्न सक्ने खतरामा ख्याल गर्न टोलीले सुझाव दिएको छ ।

मेडिकेयर अस्पताल, चावहिल

१ सय शय्याको अस्पतालले अन्य अस्पतालको तुलनामा फोहोर व्यवस्थापन प्रणाली व्यवस्थित गरेको छ । स्रोतमा वर्गीकरण, ढुवानी गर्ने प्रणाली, फोहोरमै काम गर्ने जनशक्ति परिचालन गरेको छ । भवनको भूमिगत तलामा फोहोर वर्गीकरण र भण्डारण कक्ष बनाइएको छ । यस नजिकै तरल फोहोर प्रशोधन प्लान्ट राखेको छ । अस्पतालकी नर्सिङ् विभाग प्रमुख मुना भण्डारीका अनुसार मानव अङ्ग व्यवस्थापनका लागि अर्को अस्पतालसँग सम्झौता भएको छ ।

यसरी विभिन्न अस्पतालहरुको अनुगमन हेर्दा कतिपय अस्पताले संक्रमित फोहोरलाई वर्गीकरण गरेर अटोक्लेभ गर्ने गरेको देखिन्छ । जनस्वास्थ्य निरीक्षक श्रेष्ठका अनुसार यो विधि गलत हो । संक्रमित सबै फोहोर पहिले अटोक्लेभ गरेर निसंक्रमित बनाउनु पर्छ । यसपछि मात्र वर्गीकरण गर्न सकिन्छ ।

रंग संकेतको एकरुपता छैन । यसलाई एउटै रंगसंकेतमा रुपान्तरण गर्नु पर्नेछ । प्रयोगशाला र तरल फोहोर प्रशोधनमा पनि काम गर्नु पर्ने देखिन्छ । वर्गीकरण गर्ने ठाउँ व्यवस्थित छैन । यसलाई छुट्टै ठाउँमा व्यवस्थित गर्नु पर्ने देखिन्छ । फोहोरमा काम गर्ने जनशक्तिको स्वास्थ्य जोखिम कम गराउन खोप दिने, काम गर्दा लगाउने पीपीइ, मास्क, बुट र चस्मा दिनु पर्ने देखिएको छ ।
सबैभन्दा महत्वपूर्ण विषय, कुन फोहोर सामान्य र कुन संक्रमित, कुन फोहोरलाई खाली हातले छुन सकिन्छ, कुनलाई सकिँदैन । खाली हातले छुन नसकिने फोहोरलाई कसरी छुने, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सचेतना चाहिएको छ । यसलाई व्यवस्थापन गर्न लगानी र संयन्त्र निर्माणमा काम गर्न खाँचो देखिएको छ ।