२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन्: प्रवक्ता सापकोटा



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीमाझ उहाँले सो दाबी गर्नुभएको हो । प्रवक्ता सापकोटाले विश्वकै लागि मोडेलको रुपमा रहेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गर्दै त्यसलाई अझ बढी उन्नत ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा रहेको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्न परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताउनु भयो । प्रवक्ता सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई धुमिल बनाउने कुनैपनि दुश्प्रयासहरु सफल नहुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म के भन्छु भने धेरै ठूलो कुर्वानी गरेर हामीले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता अनि त्यस्तै गरेर समानुपातिक समावेशी सिद्धान्त, जो ल्याएका छौ । यो धेरै ठूलो कुरो छ । धेरै महत्वपूर्ण कुरा छ । यो नेपाल राष्ट्रका लागि मात्रै नभईकन विश्वकै लागि एउटा मोडेल छ । यसलाई धुमिल पार्नका लागि, यसलाई ओझेलमा पार्नका लागि पछाडि फर्काउन दुष्प्रयासहरु भइरहेका छन । मलाई के लाग्छ र म तपाईहरु स्पष्ट रुपमा भन्न चाहन्छु कि यो इतिहासको चक्का पछाडि फर्कन सक्दैन । निरन्तर निरन्तर अगाडि बढिरहन्छ । र नेपाली जनताले त्यो चाहेका पनि छैनन् । र त्यो दिशामा हामीले गर्दै पनि आएका छौं ।’

‘तपाईहरुकै सहयोगले भनौन–ठूलाठूला प्रतिगमनका हर्कतहरु पराजित हुँदै आएका छन् । अब पनि मलाई के लाग्छ भने नेपाली जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन्, उन्नत लोकतन्त्र खोजेका छन । नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् । यो गणतन्त्रलाई अझ अग्रगामी, अझ समृद्ध बनाउनका लागि नेपाली जनताले माग गरेका छन् । अझ स्पष्ट शब्दमा भन्दाखेरी सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा हो । त्यहीअनुसार सबै राजनीतिक पार्टीहरुले राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्छ । र साझा सवाल हो । यसमा सबै अग्रगमनका पक्षधरहरु, परिवर्तनका पक्षधरहरु एक ठाउँमा आउनु पर्छ भन्ने मलाई लाग्छ । तपाईको प्रश्नमा यो एकातिर लोकतन्त्रवादीहरुसित जो अग्रगमनका पक्षमा थिए, तिनीहरुसित सहकार्य र वृहत वामपन्थी एकीकरण । अनि, त्यसको साथसाथै कम्युनिष्ट पार्टीको पुनर्गठन अहिलेको नेपालको अपरिहार्य आवश्यकता हो । ’

प्रवक्ता सापकोटाले मुलुकलाई अग्रगामी बाटोमा अघि बढाउन अग्रमगनका पक्षधर शक्तिहरुबीच सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको पनि बताउनु भयो ।