• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा ★   चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर ★   अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै ★   प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

प्रतिनिधिसभा बैठक आज बस्दै, राजनीतिक दलसम्बन्धी संशोधन विधेयक पेश हुने, एमालेले के गर्ला ?



काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बस्दै छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसबन्धी ९दोस्रो संशोधन० बिधेयक २०८०’ लाई प्रस्तुत गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार बसेको बैठकमा विपक्षी नेकपा एमाले र राप्रपाले संसद अवरोध गरेका थिए । तीन जना मन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरुले बैठक अबरुद्ध गरेका थिए । तर पछि प्रधानमन्त्रीले संसद्मा उठेका विषयको जवाफ दिने भएपछि बैठक नियमित भएको थियो । आज पनि विपक्षी दलहरुले सरकारको आलोचना गर्ने र तीन जना विवादित मन्त्रीको राजीनामा माग्ने तयारी गरेका छन् ।

बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, टेरामक्स खरिद प्रक्रियामा अनियमितताको आशंकामा अख्तियारको अनुसन्धान दायरामा तानिएका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र गौतमबुद्धको अस्थिधातु रहेको स्थान निजी कम्पनीलाई ठेक्का दिएकोसम्बन्धी विवादमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरुको छ ।