३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.61

Wind: 5.14

Humidity: 29

Latest
मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरीबल विधेयकमा स्थानीय तहको वित्तिय स्वायत्ततामा असर पर्ने प्रावधान राख्नु हुँदैन सांसदहरु नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएका छौँः मन्त्री गुरुङ जब पत्रकारको माइकले ट्रम्पको अनुहारमा लाग्यो… (भिडियोसहित) पीडितको वचत फिर्ता गराउन सहकारी बैंक र सहकारी संस्थाका पदाधिकारीको सम्पती रोक्का गरौँः सांसद सुवाल अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती पक्राउ परे प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता वस्तु घोषणा गर्दा फरक पारेमा वस्तु मूल्यको दुई सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने वर्तमान व्यवस्था ठूला, बडाहरुलाई मिलेर खान चाहिएको हो: प्रमुख सचेतक शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ, यो सरकारको क्षेत्राधिकार हो: प्रधानमन्त्री



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभएको छ।

शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, ”बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौं। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर पठाइन्छ। आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ।”

नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट बिनियोजन गरिने बताउनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, ”खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नुपर्छ। पुराना योजना सम्पन्न गर्ने कुरामा सरकारको पुरै जोड रहन्छ।”

बैठकमा प्रधानमन्त्रीले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराउनुभयो।

उहाँले भन्नुभयो, ”बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ। आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं। यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ।”

आगामी मन्त्रिपरिषद बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने भएकाले प्रस्तुत विधेयकहरू पारित गराउन सांसदहरूलाई प्रधानमन्त्रीले निर्देशित गर्नुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, ”आउने क्याविनेट बैठकमा छलफल गरेर संसदमा विधेयकहरू पेश गर्ने सरकारको तयारी छ। विधेयकहरू पारित गराउन तपाईहरूले प्रभावकारी भूमिका खेल्नुहोस्।”

माओवादी केन्द्रको संसदीय दलको बैठकमा नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सांसदहरूलाई अभिमुखीकरण गर्ने कार्यसूचि रहेको छ।