४ पुष २०८२, शुक्रबार
,
Latest
डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश लोकसेवा आयोगको सूचना पशु चिकित्सकको मर्यादामा आँच पुर्याउने काम– एसोसिएसन



अ+ अ-

काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएसनले बागमती प्रदेश लोकसेवा आयोग हेटौँडाद्वारा यही माघ १० गते नेपाल कृषि सेवा भेटेरिनरी समूहको स्थायी पदपूर्तिका लागि प्रकाशित सूचनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एसोसिएसनका अनुसार आयोगले प्रदेशका विभिन्न सात वटा स्थानीय तहमा स्थायी पदपूर्तिका लागि नेपाल कृषि सेवा, भेटेरिनरी समूह “पशु चिकित्सक” अधिकृत छैठौँ तहको पदपूर्तिका निम्ती एक तह माथिका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता राखी “पशु चिकित्सा शास्त्रमा स्नातकोपाधि” सूचना प्रकाशित गरेको छ ।

साविकमा सङ्घीय संरचनाको राजपत्र अनङ्कित प्रथम श्रेणीमा कम्तिमा पाँच वर्ष कार्यरत योग्यता पुगेका प्राविधिक कर्मचारीलाई समायोजन गराउने क्रममा प्रोत्साहनस्वरुप एक तह बढुवा गराई स्थानीय तहमा खटाई पठाउने विशेष प्रयोजनका लागि ‘कर्मचारी समायोजन ऐन, २०७५ झ को दफा ७ अन्तर्गत सिर्जना गरिएका छैठौँ तहका उक्त पदहरु माथिल्लो तहको योग्यता राखेर खुला प्रतियोगिताबाट पूर्ति गर्न नहुने एसोसिएनले आज एक विज्ञप्ति जारी गरेको बताएको छ ।

एसोसिएसनका अध्यक्ष शीतलकाज श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा ती पदलाई कम्तिमा सातौँ तह कायम गरी योग्यता सच्चाउन एशोसिएसनले अनुरोध गर्नुभएको छ । “सम्मानित सर्वोच्च अदालतमा उक्त विषयकै मुद्दा विचाराधीन अवस्थामा रहेको अवस्थामा समेत यस वर्ष पनि आयोगले पुनः समान प्रकृतिको विज्ञापन प्रकाशित गरी पटक पटक पशु चिकित्सा व्यवसायको मर्यादामा आँच पु¥याउने कार्य भएकोमा खेद व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । साथै एसोसिएसनले बागमती प्रदेश लोक सेवा आयोग र नेपाल सरकार बिरुद् कडा भन्दा कडा सङघर्षका कार्यक्रमहरु लिएर आउन बाध्य हुने बताएको छ ।