१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद देवकोटाको निष्कर्ष: महावीर पुनजस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्ने हो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन जस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले पुन जस्ता आविष्कारको क्षेत्रमा कार्यरत व्यक्तित्वलाई राज्यले सम्मान गर्नुपर्ने समेत बताउनु भयो । सांसद देवकोटाले पुनले चलाउनुभएको अनुसन्धानको अभियानलाई तीन वटै तहका सरकारले साथ दिन आवश्यक रहेको बताउनु भयो । उहाँले पुनले पछिल्लो समय वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि भन्दै पुस्तक बिक्रीको अभियान चलाउँदा उल्लेख गर्दै त्यसमा सरकारलाई लज्जाबोध हुनुपर्ने बताउनु भयो । सांसद देवकोटाले सो कृषि औजार कारखाना सञ्चालनका लागि आविष्कारक पुनसँग कुनै सम्झौता भएको भए त्यसबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वीरगंज कृषि औंजार कारखाना चलाउनु छ, पैसा चाहियो भन्दै किताव लेख्दै, किताव बेच्दै हिँडिरहनु भएको छ । एक जना व्यक्तिले किताव किन्नुहोस्, सरकारी कारखाना चलाउनुछ भनेर आँट र हिम्मतका साथ जसरी उहाँ अगाडि बढ्नुभएको छ । यसको प्रशंशा गर्नैपर्छ । तर सरकारका लागि यो विषय लज्जा हुनुपर्ने हो । मैले चाहीँ वास्तवमा त्यही महशुस गरेको छु । भोलि अन्य व्यक्तिहरु यसरी नै सरकारी संयन्त्रहरु चलाउनु छ भन्दै हिँड्ने थाले भने के होला ? सरकार सरकारको रुपमा रहोस् । राज्य राज्यको रुपमा रहोस् । महावीर पुनसँग सरकारले कारखाना सञ्चालनको सन्दर्भमा के, कस्तो सम्झौता गरेको छ ? वास्तविकता के हो ? यो संसदलाई जानकारी दिनुपर्‍यो । महावीरकै सन्र्भमा उहाँजस्तो सरल, योग्य, क्षमतावान र अनुभव भएका व्यक्तिको राज्यले सम्मान चाहीँ गर्नुपर्छ । अनुसन्धानको क्षेत्रमा उहाँले चाहेको वातावरण निर्माण गरिदिनु पर्छ । संघीय सरकारले मात्रै होइन, प्रदेश र स्थानीय तहले पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनको अभियानलाई साथ दिन आवश्यक छ । वास्तवमा यो राष्ट्रिय सभाकै चर्चा गर्ने हो भने पनि यो सभामा हुनुपर्ने व्यक्तित्वहरु भनेको महावीर पुनहरु जस्तै हो । ’

सांसद देवकोटाले पुनजस्ता सरल, योग्य, क्षमतावान र अनुभव भएकाहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताउनु भयो ।