२ पुष २०८२, बुधबार
,
Latest
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो कार्बन व्यापारलाई दीर्घकालीन सहायक लाभको रुपमा लिनुपर्छः विज्ञहरु वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोनम्यारो ट्रान्सप्लान्ट युनिट बनाउँदै क्यान्सर अस्पताल



अ+ अ-

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार युनिट निर्माणका लागि सर्भेको काम सकिएको छ । सर्भेको काम सकेर चीन सरकारलाई पहिलो कार्ययोजना पठाइएको भन्दै परियोजना अघि बढ्ने बताउनुभयो । उहाँका अनुसार रु ११ करोडको लागतमा युनिट निर्माण गर्न लागिएको हो ।

चिनियाँ प्राविधिकसँग यस विषयमा छलफल भइरहेको डा पौडेलले बताउनुभयो । “बोनम्यारोलाई चलनचल्तीको भाषामा यसलाई रगतमासी भनिन्छ । क्यान्सरका कारण बोनम्यारो फेर्नुपर्ने बिरामीलाई विदेश जानबाट रोक्नका लागि यो काम थालेका छौँ”, उहाँले भन्नुभयो ।

बोनम्यारो फेर्नका लागि नेपालबाट मासिक १०र१२ जना भारत जाने गरेका भन्दै डा पौडेलले युनिट सञ्चालनमा आएपछि विदेश जानुपर्ने बाध्यता हट्ने बताउनुभयो । उहाँका अनुसार निर्माण सुरु भएको दुई वर्षभित्र सम्पन्न गरेर सेवा सञ्चालन गर्ने योजनाअनुसार अस्पतालले काम गरिरहेको छ ।

अस्पतालले जग्गा उपलब्ध गराउने जनाउँदै डा पौडेलले चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा युनिट निर्माण गरिने बताउनुभयो । भवन निर्माणदेखि आवश्यक सम्पूर्ण उपकरण, दक्ष प्राविधिक, प्राविधिकलाई तालिमलगायत व्यवस्था चीन सरकारले उपलब्ध गराउने उहाँको भनाइ थियो । रासस