१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

प्रतिपक्षीका कारण गणपूरक सङ्ख्या नपुगेको भनेपछि…

प्रतिपक्षीका कारण गणपूरक सङ्ख्या नपुगेको भनेपछि…
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले बिहीबारको संसद् बैठकमा राजनीतिक दलसम्बन्धी विधेयकलाई निर्णयार्थ पेस गर्ने क्रममा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद बैठक छाडेर बाहिरिएको र गणपूरक सङ्ख्या नपुगेको भनेपछि एमाले सांसदले उठेर विरोध जनाउनुभएको छ ।

सभामुख देवराज घिमिरेले बारम्बार यथास्थानका बस्न बारम्बार आग्रह गरे पनि एमाले सांसदले उठेर नाराबाजी गर्न थालेपछि बैठक केहीबेर प्रभावित बन्यो ।

बैठकमा सांसद केसीले सदन सत्तापक्षको मात्र नभई प्रतिपक्षीको पनि भएको उल्लेख गर्दै प्रतिपक्षी पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो । “महासमिति बैठकका कारण कांग्रेसका सांसदको सङ्ख्या कम थियो, तर हामी बैठकमा बसिरहेका थियौँ, प्रतिपक्षीबाट जानाजान विधेयकलाई असफल पार्ने काम भएको छ । विधेयक साझा कुरा हो, एक वर्षमा एउटा मात्रै विधेयक पास भएको विगतको उहाहरण हो”, उहाँले भन्नुभयो, “विधेयक पारित गर्नु सत्तापक्षको मात्रै जिम्मेवारी होइन, प्रमुख प्रतिपक्षी पनि उत्तिकै जिम्मेवार हुनुपर्छ ।”

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षीले सदनलाई अवरुद्ध गर्न नखोजेको बताउनुभयो । सत्तापक्षबाट नै प्रतिपक्षीप्रति आरोप लगाउने काम भएको बताउनुभयो । एकैछिनको होहल्लापछि संसद् नियमित कार्यसूचीमा प्रवेश गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसद्मा गणपूरक सङ्ख्या पुग्न नसकेको अवस्थामा प्रतिपक्षीलाई असहयोग गरेको आरोप लगाउन नमिल्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले संसद्को कार्यतालिकालाई सबै राजनीतिक दलले पालना गर्नु आवश्यक रहेको बताउनुभयो ।

सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षीले सदनमा सत्ता पक्षलाई निषेध गरेको आरोप लगाउनुभयो । “सत्ता पक्ष बोल्न थालेपछि प्रतिपक्षीले होहल्ला गर्न मिल्छ ?”, उहाँले प्रश्न गर्नुभयो, “प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलले सदनलाई निर्वाध चल्न दिनुपर्छ ।”

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने कार्यसूची थियो ।

बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विसं २०७८ मा ल्याइएको दलसम्बन्धी अध्यादेश खारेज भइसकेकाले साविकको ऐनमा भएका व्यवस्थाहरु कायम राख्नका लागि विधेयक पेस गर्ने तयारी गर्नुभएको थियो ।

उक्त विधेयक पेस नगर्न नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई सभामुख देवराज घिमिरेले बैठकमा निर्णयार्थ पेस गर्न लाग्दा नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले गणपूरक सङ्ख्या यकिन गर्न माग गर्नुभएको थियो ।

तत्पश्चात् सभामुख घिमिरेले तीन मिनेटको जनाऊ घन्टी बजाई सचिवालयमार्फत सङ्ख्या यकिन गर्न लगाउँदा एक चौथाइ सदस्य नपुगेपछि विधेयक पेस गर्र्ने कार्यसूची हटाइयो । सभामा हाल कायम रहेकाको एक चौथाइ पुग्न ६९ सदस्य उपस्थित हुनुपर्नेमा ६५ सदस्य मात्रै उक्त समयमा उपस्थिति भएपछि बिहीबारको संसद् बैठक आजसम्मका लागि स्थगित भएको थियो । रासस