१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

बालकुमारी घटनामा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्‌मा पेस गर्न एमालेको माग

बालकुमारी घटनामा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्‌मा पेस गर्न एमालेको माग
अ अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले बालकुमारी घटनामा छानविन आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकार समक्ष माग गर्नुभएको हो । उहाँले छानविन आयोगले दिएको प्रतिवेदनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषि देखाएको भन्दै मन्त्री ज्वाला नैतिक रुपमा पदमा बस्न नमिल्ने बताउनु भयो । उहाँले फागुन ६ गतेको बैठकमा प्रधानमन्त्री स्वयम्ले संसदमा बोल्दै युवाहरुको हत्या भएको बताएको भन्दै हत्या भएको भए त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीले दुई जना युवाहरुको मृत्यु भएको सन्दर्भमा सामान्य मृत्यु भन्नुभएन । संसदको रेकर्डमा छ बालकुमारीमा दुईजना युवाको हत्या भयो भनेर प्रधानमन्त्री स्वयंले यो शब्द प्रयोग गर्नुभएको छ । यदि बालकुमारी घटनामा दुईजना युवाहरुको हत्या हो भने त्यो हत्या कसले गर्‍यो त ? कुनै नागरिक तहबाट एकअर्कामा झडप भएर हत्या भएको होइन । त्यो सुरक्षाकर्मीको गोलिबाट बालकुमारीमा दुईजना युवाको हत्या भएको छ । त्यसकारण यसमा सिंगो सरकार जिम्मेवार छ भन्नेकुरा हामी जोड दिएर भन्न चाहन्छौँ । भौतिक पूर्वाधार मन्त्रीजीको लापरबाही उहाँ जसरी त्यो बाटोमा जानुभयो । छानविन आयोगले मन्त्री दोषि छ भनिसकेपछि त्यो मन्त्री फेरि पदमा बहाल हुने कुरा, फेरि पदमा बस्ने कुरा नैतिक हिसावले हुँदै हुँदैन । अनि यो सबै सुरक्षा निकायलाई कमाण्ड गर्ने गृहमन्त्रीजी स्वयम् प्रधानमन्त्रीजीले हत्या हो भनिसकेपछि प्रहरीको गोलीबाट युवाहरुको हत्या भएको छ भने गृहमन्त्रीजीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? आयोगको प्रतिवेदन संसदमा टेबुल गर्नुपर्‍यो । संसदमा यो कुरा प्रधानमन्त्रीले बताउनुपर्‍यो । आयोगको प्रतिवेदन सार्वजनिक गर्न म हाम्रो दलको तर्फबाट ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले टेरामक्स प्रकरणमा तत्कालिन सञ्चार मन्त्रीको हैसियतमा हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको संलग्नतामा अख्तियारले बयान लिएको भन्दै मन्त्री बस्नेत पदमा बहाल हुनेकुरा पनि स्वीकार नहुने बताउनु भयो । उहाँले लुम्बिनीस्थित रामग्रामको जग्गा निजी कम्पनीलाई भाडामा दिने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको निर्णयको सम्बन्धमा पनि छानविन गर्न माग गर्नुभयो । यि सबै विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने उहाँको भनाई छ ।

सांसद भट्टराईले मिटरब्याजीहरु अहिलेको गठबन्धनसँग नजिकका मान्छे भएकाले सरकारले कारबाही नगरेको पनि आरोप लगाउनु भयो ।