१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

माओवादीले चैत्र १ गतेदेखि तराई—मधेस जागरण अभियान चलाउने

माओवादीले चैत्र १ गतेदेखि तराई—मधेस जागरण अभियान चलाउने
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले चैत्र १ गतेदेखि तराई—मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे एजेण्डामा छलफल भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भयो ।

उहाँले बैठकमा माओवादी विशेष रुपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको बताउनु भयो । उहाँले धेरै राम्रो काम गर्ने र काम नगर्नेहरुको नाम शुक्रवारको बैठकपछि सार्वजनिक गर्ने बताउनु भयो । उहाँले चैत्रपछि तीन वटा अभियान चलाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको एजेण्डा अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिमबारे त्यहाँ एउटा दल नेताको कुरा छ नि । मधेसमा पनि विश्वासको मत बारेमा, सिरहामा केही समस्या छ त्यसको बारेमा भोलि छलफल हुन्छ । भूकम्पको पुन: निर्माणको सम्बन्धमा थिए । इतिहासमै पहिलो पटक पार्टीले कामको आधारमा मूल्यांकन गरेको छ । त्यसमा सबैभन्दा बढी खट्ने, ७५ सम्म, ५० देखि ७५ सम्म गरी चार क्याटोगरीमा बाँडेका थियौँ । त्यसमा आज सबै प्रदेशले कति दिन खट्यो, उत्कृष्ट कोको भए भन्नेकुरा प्रश्तुत गर्नुभएको छ । सवोत्कृष्ट कोको भए उनीहरु तीन जनाको पनि नाम प्रश्तुत भोलि गर्नेछु । सबैभन्दा नराम्रा तीन जनाको नाम पनि प्रश्तुत हुन्छन् । राम्रो गर्नेलाई सम्मानपत्र दिने, ठिकै गर्नेलाई धन्यवाद दिने, राम्रो गर्नुस् भन्ने, नराम्रो गर्नेलाई कारबाही गर्ने, घटुवा निलम्वन, चेतावनी हुनसक्छ । तीन वटा अभियान चलाउँछौँ । तराई मधेस जागरण अभियान, झापाबाट उद्घाटन हुन्छ, चैत्र १ गते । अर्को उत्तर दक्षिण अभियान चल्छन् । प्रदेशले आफ्नै तरिकाले वृहंगम जनपरिचालन गर्नेगरी प्रदेशकै योजना कार्यक्रम सञ्चालन हुनेछन् ।’

प्रवक्ता सापकोटाले गठबन्धनबारे नेपाली काँग्रेसको भुमिकालाई महत्वपूर्ण रुपमा लिएको बताउनु भयो ।