• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

माओवादीले चैत्र १ गतेदेखि तराई—मधेस जागरण अभियान चलाउने



काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले चैत्र १ गतेदेखि तराई—मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे एजेण्डामा छलफल भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भयो ।

उहाँले बैठकमा माओवादी विशेष रुपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको बताउनु भयो । उहाँले धेरै राम्रो काम गर्ने र काम नगर्नेहरुको नाम शुक्रवारको बैठकपछि सार्वजनिक गर्ने बताउनु भयो । उहाँले चैत्रपछि तीन वटा अभियान चलाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको एजेण्डा अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिमबारे त्यहाँ एउटा दल नेताको कुरा छ नि । मधेसमा पनि विश्वासको मत बारेमा, सिरहामा केही समस्या छ त्यसको बारेमा भोलि छलफल हुन्छ । भूकम्पको पुन: निर्माणको सम्बन्धमा थिए । इतिहासमै पहिलो पटक पार्टीले कामको आधारमा मूल्यांकन गरेको छ । त्यसमा सबैभन्दा बढी खट्ने, ७५ सम्म, ५० देखि ७५ सम्म गरी चार क्याटोगरीमा बाँडेका थियौँ । त्यसमा आज सबै प्रदेशले कति दिन खट्यो, उत्कृष्ट कोको भए भन्नेकुरा प्रश्तुत गर्नुभएको छ । सवोत्कृष्ट कोको भए उनीहरु तीन जनाको पनि नाम प्रश्तुत भोलि गर्नेछु । सबैभन्दा नराम्रा तीन जनाको नाम पनि प्रश्तुत हुन्छन् । राम्रो गर्नेलाई सम्मानपत्र दिने, ठिकै गर्नेलाई धन्यवाद दिने, राम्रो गर्नुस् भन्ने, नराम्रो गर्नेलाई कारबाही गर्ने, घटुवा निलम्वन, चेतावनी हुनसक्छ । तीन वटा अभियान चलाउँछौँ । तराई मधेस जागरण अभियान, झापाबाट उद्घाटन हुन्छ, चैत्र १ गते । अर्को उत्तर दक्षिण अभियान चल्छन् । प्रदेशले आफ्नै तरिकाले वृहंगम जनपरिचालन गर्नेगरी प्रदेशकै योजना कार्यक्रम सञ्चालन हुनेछन् ।’

प्रवक्ता सापकोटाले गठबन्धनबारे नेपाली काँग्रेसको भुमिकालाई महत्वपूर्ण रुपमा लिएको बताउनु भयो ।