१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २० दशमलव ७६ अङ्कले ओरालो लागेर दुई हजार पाँच दशमलव ८३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ४९ अङ्कले ओरालो लागेर तीन सय ५९ दशमलव ५७ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल ९५ लाख १८ हजार ७५ कित्ता शेयर रु तीन अर्ब २० करोड ६१ लाख ६७ हजार २५ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १४ करोड ८७ लाख ९७ हजार एक सय ७८ बराबरको कारोबार भयो । गुर्खाज फाइनान्स रु १४ करोड एक लाख १० हजार छ सय ८८,जोशी हाइड्रोपावर रु आठ करोड ९३ लाख ४८ हजार एक सय ६१, एनआइसी एसिया बैंक रु छ करोड ४० लाख ३८ हजार एक सय ८० र न्यादी ग्रुप पावरको रु छ करोड २४ लाख ४० हजार तीन सय ३५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । जोशी हाइड्रोपावर नौ दशमलव ८७, सामलिङ पावर नौ दशमलव ८५, बोटलर्स नेपाल बालाजु आठ दशमलव २४, बोटलर्स नेपाल तराईका लगानीकर्ताले पाँच दशमलव ७३ प्रतिशतले कमाएका छन् ।

यस्तै हिमालयन ऊर्जा विकास कम्पनी सात दशमलव ६०, बाराही हाइड्रोपावर छ दशमलव ६७, पिपल्स पावर कम्पनी छ दशमलव २६, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव १३ र रावा इनर्जी डेभलपर्सका लगानीकर्ताले पाँच दशमलव शून्य आठ प्रतिशतले गुमाएका छन् । रासस