काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् ।
बिहीबार जिल्ला अदालतको फैसला बदरको मागसहित सन्दिप उच्च अदालत पुगेका हुन् ।
पुष २५ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो ।
जिल्ला अदालतको उक्त फैसला बदरको मागसहित उच्च अदालतमा पुनरावेदन गर्न लागेको उनका कानुन व्यवसायी तथा अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।