२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद केसीले भने: संसद अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्नुस्



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले संसद अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्न प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिपक्ष संसद चलाउने मुडमा नरहेको जस्तो आफूलाई महशुस भएको बताउनु भयो । उहाँले संसदको काम कानून निर्माण गर्ने भएकाले कानून निर्माणमा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘झट्ट हेर्दा प्रतिपक्ष संसद चलाउने मुडमा छैन । पटकपटक अवरोध गर्ने मुडमा छ । मलाई लाग्दछ, संसदको काम भनेको कानून निर्माण गर्ने हो । एक वर्षमा एउटा कानून निर्माण भयो । आम जनतामा असन्तोष छ । म प्रतिपक्षका साथीहरुलाई भन्न चाहन्छु, विवाद हुनसक्छ तर संसद अवरोध गरेर त्यहाँबाट सत्ता प्राप्त गर्छु भन्ने अभिलाषा नराख्नुहोला । संसदको कार्यतालिका ल्याएर संसद सञ्चालन गर्नेकुरा स्वागतयोग्य छ ।’

सांसद केसीले संसदको कार्यतालिका ल्याएर संसद सञ्चालन गर्नेकुरा स्वागतयोग्य भएको बताउनु भयो ।

फोटो-प्रदीपराज वन्त/रासस