१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर

विश्वविद्यालय उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन: योगेश भट्टराई

विश्वविद्यालय उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन: योगेश भट्टराई
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका योगेशकुमार भट्टराईले त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको बताउनुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीज्युले स्वच्छ र स्वतन्त्र ढंगले उपकुलपति नियुक्ति गर्ने भनेपनि अन्तिममा पारदर्शी बन्न नसकेको जिकिर गर्नुभयो । उहाँले अनुसन्धान, प्रश्तुतीमा कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राख्ने र अन्तर्वार्ता शिक्षामन्त्री र शिक्षा सचिवले लिने प्रक्रियाबाट योग्य व्यक्ति छनोट हुन नसक्ने बताउनु भयो । उहाँले पार्टीभित्रका गुटका मानिसलाई उपकुलपति नियुक्ति गर्न लागिएको भन्दै उहाँले उपप्राध्यापकले उपकुलपतिको अन्तर्वार्ता लिने कुरा राम्रो नभएको बताउनु भयो । उहाँले अहिलेको उपकुलपति नियुक्ति प्रक्रियाको भत्र्सनासमेत गर्नुभयो । अहिलेको उपकुलपति नियुक्ति प्रक्रिया तत्काल बन्द गरी स्वतन्त्र र निष्पक्ष ढंगले उपकुलपति छनोट प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गत कार्तिक महिनादेखि त्रिभूवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ । प्रधानमन्त्रीज्युले स्वच्छ र स्वतन्त्र ढंगले उपकुलपति नियुक्ति गर्ने भनेर अघि बढाउनुभयो । यो प्रक्रियामा स्वच्छ, स्वस्थ, प्रतिष्पर्धी र पारदर्शी केही पनि थिएन । अनुसन्धान, प्रश्तुतीमा असाध्यै कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राखेर अन्तर्वार्ता कसले लिने भन्दा शिक्षामन्त्री र शिक्षा सचिवले । अनि प्राध्यापक विश्वविद्यालयको उपकुलपति हुने अन्तर्वाता कसले लिन्छ भन्दा उपप्राध्यापकले । यस्तो प्रक्रियाबाट पार्टीभित्रका गुटका मानिसलाई विश्वविद्यालयलाई जसरी अहिले बन्धक बनाइएको छ । यसको निन्दा गर्दछु । भत्र्सना गर्दछु र यो प्रक्रिया तुरुन्त बन्द गरेर स्वतन्त्र र निष्पक्ष ढंगले उपकुलपति छनोट प्रक्रिया अघि बढाइयोस् । यस्तै अवस्था पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको पनि छ । यतातिर पनि ध्यान जाओस् ।’

उहाँले पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको अवस्था पनि त्रिवीको जस्तै रहेकाले सोबारेमा पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो ।