१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् ।

आफूहरुले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र आवश्यक कारबाही गर्नुपर्ने भन्दै एमालेले बेठक अवरुद्ध गरेका हुन् ।

यसअघि बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले तीन मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्व सरकारका मन्त्रीहरु मुछिएको भन्दै उनले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको माग गरेका थिए ।

यसपछि सभामुख देवराज घिमिरेले आफूले फागुन ६ गते नै यसबारे रुलिङ गरिसकेको र यो विषयमा जवाफ दिन सरकारलाई पुन: रुलिङ गरे । त्यसपछि एमाले सांसदहरुले अवरोध खोलेपछि पुन: बैठक सुरु भयो ।