१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले माग्यो एकसाथ तीन मन्त्रीको राजीनामा



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले एकसाथ तीन मन्त्रीको राजीनामा माग गरेको छ ।

बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले तीन मन्त्रीको राजीनामा माग गरेका हुन् ।

विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै उनले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको माग गरे ।

उनले भने, ‘उहाँको पर्यटनमन्त्रीले सिफारिस गरेको, उहाँले नियुक्त गरेको ल्यारक्याल लामाले लुम्बिनी बिकास कोषको हैसियतमा लुम्बिनीको रामग्राममा गरेको कामलाई सम्पूर्ण सरकारी माध्यमहरु, सम्बन्धित निकायहरु र लेखा समितिले समेत अनुपयुक्त र नियम र कानून विपरित ठहर्‍याउँछ र उहाँले ति सबै फिर्ता लिनुहुन्छ । त्यस्ताका लहैलहैमा लागेर प्रधानमन्त्री त्यो कार्यक्रमको उद्घाटन गर्न जानुहुन्छ । यो के हो तागतले ? अनि प्रधानमन्त्रीले नैतिकताको भाषण गरेर हिँड्न मिल्छ ? नैतिक रुपमा पर्यटनमन्त्री र ल्यारक्याल लामालाई उहाँले हटाउनुपर्छ उहाँ यदी नैतिकतामा विश्वास गर्ने हो भने र उहाँले आफैले पनि जनताको अगाडी जवाफ दिनुपर्छ किन जानुभयो त्यहाँ ? अवैधानिक कामको उद्घाटन गर्न ? झण्डा हल्लाउँदै मन्त्री बयान दिन गएको दुर्शशापूर्ण स्थिति यसैपालि देखियो । अविलम्ब विवादमा परेका मन्त्रीहरुले राजीनामा दिनुपर्‍यो । बालकुमारी घटना हुनासाथ सम्बन्धित मन्त्रीले त्यही दिन राजीनामा दिनुपथ्र्यो ।’