२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डन ३’मा कियारा आडवाणीको इन्ट्री, रणवीर सिंह ‘डन’ बन्ने



अ+ अ-

एजेन्सी । आज मंगलबार ‘डन ३’का निर्माताले फिल्मको मुख्य अभिनेत्रीको घोषणा गरेका छन् । फरहान अख्तर र एक्सेल इन्टरटेनमेन्टले सामाजिक सञ्जालमा भिडियो शेयर गरेका छन् । कियारा आडवाणीलाई ट्याग गर्दै क्याप्शनमा लेखिएको छ – ‘डन युनिभर्समा स्वागत छ कियारा’

‘डन’ फ्रेन्चाइजीको तेस्रो फिल्म ‘डन ३’ मा शाहरुख खानको स्थानमा रणवीर सिंह डनको भूमिकामा देखिनेछन् । अब निर्माताले फिल्ममा प्रियंका चोपडाको सट्टा रणवीरको अपोजिट कियारा आडवाणीलाई कास्ट गर्ने निर्णय गरेको छ । यस फिल्मको निर्देशक फरहान अख्तर हुनेछन् ।

भेराइटीसँगको एक अन्तर्वार्तामा फरहानले ‘डन–३’ को कथालाई एक दिशा दिन चाहन्थे । तर, उनी र यस सिरिजको अन्तिम दुई भागमा मुख्य कलाकार रहेका शाहरुख खान यसको कथामा सहमत भएनन् । यही कारणले गर्दा फरहानले शाहरुखलाई फिल्मबाट हटाएर रणवीरसँग काम गर्ने निर्णय गरेका थिए ।

फरहानले भने– म कसैलाई रिप्लेस गर्ने अवस्थामा छैन । हामीले वर्षौंदेखि यी कुराहरू छलफल गर्दै आएका थियौं । म कथालाई कुन दिशामा लैजान चाहन्छु भन्ने कुरामा शाहरुख र म सहमत थिएनौं । त्यसपछि हामीले आपसमा कुरा गर्‍यौं र छुट्टिने निर्णय गर्‍यौं । यो शृङ्खलाको लागि यो राम्रो हुनेछ भन्ने हामीलाई लागेको थियो ।’

फिल्म आगामी वर्ष रिलिज हुने बताइएको छ ।