• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए ★   दु:खबाट मुक्ति पाउन मोहिनी एकादशीको व्रत ★   टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह

देवेन्द्रजीले हतार गर्नुभयो, भिसी नियुक्त गरिएको छैन: प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त नगरिएको स्पष्ट गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग भेट्न आज पुगेको गोरखा पत्रकार समाजको प्रतिनिधिमण्डलसँग उहाँले सो धारणा राख्नुभएको हो ।

सञ्चारकर्मीको भिसी नियुक्तिबारेको प्रश्नमा प्रधानमन्त्रीले भन्नुभयो ‘यसमा देवेन्द्रजीले हतार गर्नुभयो, तर भिसी नियुक्ति गरिएको छैन, नियुक्त हुने प्रक्रियामै छ ।

हिजोमात्र माओवादी नेता देवेन्द्र पौडेलले प्राध्यापक डा चित्रबहादुर बुढाथोकी भिसी नियुक्त भएको भन्दै बधाई दिएपछि सोही आधारमा धेरै मिडियामा भिसी नियुक्त भएको समाचार आएको थियो ।

प्रा डा बुढाथोकीलाई तीन जनाको सर्ट लिस्टमा सिफारिस गरिएको छ । शिक्षा मन्त्रीसहितको सिफारिश समितिले उहाँको नाम १ नम्बरमै राखेर सिफारिश गरेकाले उहाँलाई धेरैले सामाजिक सञ्जालमा पनि बधाई दिएका छन् ।