११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छः अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो । सहकारीको महत्व र गरिमालाई कायम राख्न यस क्षेत्रमा देखिएका विकृति हटाउन तथा सहकारीलाई बदनाम हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेका तथा नाफा कमाउने व्यवशायका रुपमा सहकारीलाई प्रयोग गर्न खोजेको बताउनुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा योग्य र क्षमतावान व्यक्ति नियुक्ति गरिनुपर्ने खाँचो रहेको औँल्याउनुभयो । उपकुलपतिमा भागबण्डा नगरी उपयुक्त व्यक्ति नियुक्त गरिनुपर्ने उहाँको भनाइ थियो ।

नेपालमा अझै पनि प्रजातान्त्रिक मूल्य, मान्यता र अभ्यासको खडेरी रहेको जिकिर गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले बसालेको लोकतान्त्रिक थितिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । रासस