१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभूवनको त्याग र उदारताको स्मरण गर्दै पूर्वराजाद्वारा प्रजातन्त्र दिवसको शुभकामना



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रत्येक बर्ष फागुन ७ गते मनाइँदै आइने प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले त्रिभूवनको त्याग र उदारताको स्मरण गर्नुहुँदै प्रजातन्त्रका अथक योद्धावीर शहीद सबैमा श्रद्धाभाव राख्दै शुभकामना व्यक्त गर्नुभएको हो ।

को समय सन्दर्भमा हामी प्रत्येक बर्ष — राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गर्दछौं । यस अवसरमा हामी प्रजातन्त्रप्रति प्रतिबद्ध हाम्रा प्रात स्मरणीय पूज्य जिज्यू बुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभूवनको त्याग र उदारताको संस्मरण गर्दै प्रजातन्त्रका अथक योद्धा बीर शहीद सबैमा श्रद्धाभाव राख्दै हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।

शुभकामना सन्देशमा उहाँले आ—आफ्नो राष्ट्रको मौलिक मान्यता तथा आ—आफ्नो सामाजिक संरचना मुताविक आ—आफ्नो शैली, पद्धति र परिपाटी अनुरुप राज्य पद्धति कायम रहनुपर्ने उल्लेख गर्नुभएको छ ।

प्रजातन्त्र आजको युगको सर्वस्वीकार्य राजनीतिक विश्व व्यवस्था रहको बताउँदै उहाँले प्रजातन्त्रको प्रगति हँुदै जानु अपरिहार्य देखिने भन्दै इतिहासमा पाइने सबैभन्दा समान, सबैभन्दा पूरानो र सबैभन्दा स्थायी प्रकृति पद्धति प्रजातन्त्र रहेको जनाउनुभएको छ ।

प्रजातन्त्रमा आफ्नो देशको प्रकृति, प्रवृत्ति, संस्कृति र परिवेश अंकित हुनुपर्ने रआफ्नो भू—बनोट, आफ्नो भू—भाग भित्रका विविध समाज सबैलाईं संलग्न पार्नुपर्ने उहाँको भनाई छ ।

उहाँले सन्देशमा भन्नुभएको छ –‘प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन सक्दैन । आफ्नो श्रोत, साधन र शिप सबै यसमा समाहित हुनुपर्दछ । यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ । सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने — सबैलाई देश मै गतिलो शिक्षा र सबैको क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ ।’

यस्तै पूर्वराजा शाहले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागीरहने प्रतिबद्धता जनाउँदै प्रजातन्त्र दिवसको अवसरमा सदैब नेपालीजनसँग निकट रही रहने र सम्पर्कका निम्ति आफ्ना सबै द्धारहरु खुल्ला रहने शुभेच्छाभाव पनि राख्नुभएको छ ।

प्रजातन्त्र दिवसमा पूर्वराजाको सन्देश

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेबबाट
७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बक्सेको शुभकामना

नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,

फागुन ७ गतेको समय सन्दर्भमा हामी प्रत्येक बर्ष — राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गर्दछौं । यस अवसरमा हामी प्रजातन्त्रप्रति प्रतिबद्ध हाम्रा प्रात स्मरणीय पूज्य जिज्यू बुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभूवनको त्याग र उदारताको संस्मरण गर्दै प्रजातन्त्रका अथक योद्धा बीर शहीद सबैमा श्रद्धाभाव राख्दै हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।

प्रजातन्त्र आजको युगको सर्वस्वीकार्य राजनीतिक विश्व व्यवस्था हो । प्रजातन्त्रको प्रगति हँुदै जानु अपरिहार्य देखिन्छ, किनभने यो इतिहासमा पाइने सबै भन्दा समान, सबै भन्दा पूरानो र सबैभन्दा स्थायी प्रकृति पद्धति हो । प्रजातन्त्रमा आफ्नो देशको प्रकृति, प्रवृत्ति, संस्कृति र परिवेश अंकित हुनुपर्दछ । यसैगरि आफ्नो भू—बनोट, आफ्नो भू—भाग भित्रका विविध समाज सबैलाईं संलग्न पार्नु पर्दछ । सबैलाई समाविष्ट गर्ने र सबैको विशेषता, योग्यता तथा योगदानलाई प्रजातन्त्रमा फल्न फुल्न दिनु पर्दछ । आ—आफ्नो राष्ट्रको मौलिक मान्यता तथा आ—आफ्नो सामाजिक संरचना मुताविक आ—आफ्नो शैली, पद्धति र परिपाटी अनुरुप राज्य पद्धति कायम रहनै पर्दछ ।

प्रजातन्त्र भित्र अर्थतन्त्र पृथक हुन सक्दैन । आफ्नो श्रोत, साधन र शिप सबै यसमा समाहित हुनुपर्दछ । यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ । सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने — सबैलाई देश मै गतिलो शिक्षा र सबैको क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ ।

प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा — कर्म कर्तब्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने हो । जनता जनार्दनले जे भन्दछन् — त्यो सुनौं — त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधी व्यवहार झल्काउनु पर्दछ ।

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागीरहने प्रतिबद्धता हामी राख्दछौं । प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैब नेपालीजनसंग निकट रही रहने र सम्र्पकका निम्ति हाम्रा सबै द्धारहरु खुल्ला रहने शुभेच्छाभाव पनि राख्दछौं ।

श्री पशुपतिनाथले हामी सबैकोे कल्याण गरुन् ।
जय नेपाल , २०८० साल फागुन ७ गते




भर्खरै