४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सु कीले चुनावी धाँधलीको लागि नयाँ मुद्दाको सामना गर्ने



अ+ अ-

याङ्गुन । म्यानमारको जुन्ता सरकारले आङ सान सु कीलाई सन् २०२० को चुनावमा निर्वाचन अधिकारीहरूलाई प्रभाव पारेको आरोप लगाएको छ । 

ठूलो मात्रामा मतदाता जालसाजीको आरोप लगाएर कू गरेको एक वर्षपछि जुन्ता सरकारले सु कीमाथि नयाँ आरोप लगाएको हो । 

एक स्थानीय अनुगमन समूहका अनुसार गत वर्ष फेब्रुअरीमा ७६ वर्षीय सू कीलाई सैन्य कू पछि हिरासतमा राखिएको छ । जसले जनविरोध र असहमतिविरुद्धको रक्तपातपूर्ण कारवाहीमा करिब एक हजार ५०० नागरिकको मृत्यु भएको थियो ।

नोबेल पुरस्कार विजेता सु कीले देशको आधिकारिक गोप्य कानूनको उल्लङ्घनसहित कयौँ आरोपको सामना गरिरहनुभएको छ र  यदि ती सबैमा दोषी ठहरिएमा उहाँलाई १०० वर्षभन्दा बढी जेल सजाय हुन सक्छ।

उहाँले सन् २०२० को चुनावमा देशको निर्वाचन आयोगलाई प्रभाव पार्ने आरोपमा थप मुद्दाको सामना गर्नुपर्ने मुद्दाको जानकार स्रोतले बताएको छ । सो चुनावमा उहाँको पार्टीले सैन्य–गठबन्धन प्रतिद्वन्द्वीलाई पराजित गरेको थियो ।

छ महिनाभित्र मुद्दा टुङ्गिने स्रोतले जनाएको छ । पूर्व अध्यक्ष र नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका दिग्गज नेता विन मिन्टले पनि सोही आरोपको सामना गर्ने स्रोतले बताएको छ । 

एनएलडीको भारी विजयको मास्टरमाइन्डको आरोपमा राष्ट्रिय निर्वाचन आयोगका धेरै वरिष्ठ सदस्यहरू पनि कू पछि पक्राउ परेका छन्। 

सन् २०२० जुलाईमा भएको चुनावमा एक करोड १३ लाख ठगीका घटनाहरू फेला पारेको भन्दै जुन्ताले सो चुनावको नतिजा रद्द गरेको छ । 

स्वतन्त्र पर्यवेक्षकहरूले निर्वाचन धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको बताएका छन्।

सेना र विद्रोह विरोधी लडाकुहरूबीचको लडाइँबाट प्रभावित देश पुनर्स्थापित भएमा जुन्ताले अगस्त २०२३ सम्ममा अर्को चुनाव गराउने वाचा गरेको छ।

कू को वार्षिकोत्सवअघि मङ्गलबार जुन्ताले सेनाको विरूद्ध आवाज उठाउने वा ‘प्रचार’ साझा गर्नेलाई उच्च देशद्रोह वा आतङ्कवाद विरोधी कानूनअन्तर्गत अभियोग लगाउन सकिने चेतावनी दिएको छ।

सु कीलाई यसअघि नै अवैधरूपमा वाकी टॉकी राखेको, सेनाविरुद्ध उक्साएको र कोभिड–१९ नियम तोडेको आरोपमा छ वर्षको जेल सजाय भइसकेको छ । एएफपी