९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न ट्रक व्यवसायीकाे माग

ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न ट्रक व्यवसायीकाे माग
अ अ+ अ-

बुटवल । ट्रक व्यवसायीहरुले ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २३ औँ साधारण सभा तथा १३ औं अधिवेशनमा बोल्दै ट्रक व्यवसायीहरुले यस्तो माग गरेका हुन् । भारतीय ट्रकहरु नियम, कानुन विपरित ओभरलोड बोकेर चल्ने गरेको भन्दै तत्काल राेक्नुपर्ने उनीहरुको माग छ ।

भारतीय ट्रकहरुलाई नेपालमा निर्बाध रुपमा चल्न दिनु नहुने ट्रक व्यवसायीहरुकाे माग छ ।ओभरलोड बोकेर नेपालमा चल्ने भारतीय ट्रकसँग नेपाली ट्रकले प्रतिस्पर्धा गर्न नसक्ने याताायात व्यवसायीहरुले बताए । लाखौँ मानिसलाई रोजगार दिएर राज्यलाई अग्रिम कर बुझाउँदै आएका ट्रक व्यवसायी संकटमा पर्दा पनि सरकार गम्भीर बन्न नसकेको उनीहरुको गुनासो छ । सरकारले निर्धारण गरेको भाडा पनि नपाइएको ट्रक व्यवसायीहरुले गुनासो गरे ।

कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले तीनै तहका सरकारले यातायात कानुन बनाउनु पर्ने बताए। उनले यातायात व्यवसायीका माग सरकारले सम्बोधन नगरेकाले अधिकारका लागि व्यवसायिक एकता आवश्यक रहेको पनि बताए ।

उनले ट्राफिक प्रहरीको ज्यादति र ओभरलोड बोक्ने भारतीय ट्रककाविरुद्व आन्दोलनमा उत्रनुपर्नेमा जोड दिए । त्यस्तै नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भारतीय ट्रकका कारण यातायात व्यवसायी आफ्नो पेशाबाट पलायन हुनु परेको बताए ।