• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा ★   चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर ★   अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै ★   प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

शनिबार यी कार्यहरु गर्नुहोस् भाग्य चम्किन्छ !



एजेन्सी । सनातन परम्परामा शनिवारको दिन शनिदेवको पूजा गर्नका लागि निकै शुभ मानिन्छ । साताको यो दिन शनिदेवको नामबाट नामाकरण गरिएको हो । यद्यपी पवनपुत्र हनुमान जीको पुजाका लागि शनिबारलाई पनि शुभ मानिन्छ । हिन्दू मान्यता अनुसार हरेक दिन पूजा र अन्य काम गर्नका लागि केही नियम बनाइएको छ ।

शनिबार गर्नुहोस् यी कामहरु

शनिबारको दिन पूर्ण विधिपूर्वक श्री हनुमान जीको पूजा गर्नुपर्छ । हनुमान जीको आशीर्वाद प्राप्त गर्न आज हनुमान चालिसा वा सुन्दरकाण्डको ७ पटक पाठ गर्नुहोस्। हनुमानजीलाई मोतीचूर प्रसाद चढाउनुहोस्।

शनिबारको दिन शनिदेवको पुजाका लागि पनि फलदायी मानिन्छ । यस्तो अवस्थामा आज कुनै पनि शनिधाममा गएर उनलाई तोरीको तेल चढाउनुका साथै तोरीको तेलको दियो पनि बाल्नुहोस् ।

वास्तुका अनुसार शनिबार घरभरि धूप बाल्नु पर्छ। यसो गर्नाले घरको नकारात्मक उर्जा हट्छ भन्ने विश्वास गरिन्छ ।

कालो वस्तु जस्तै चिया पात, कालो चना, कालो कपडा, कालो जुत्ता आदि शनिबार दान गर्नुपर्छ ।

शनिबार भान्साकोठामा बनेको पहिलो रोटी कालो गाईलाई खुवाउनुपर्छ वा कालो कुकुरलाई तेलमा भिजाएको रोटी खुवाउनुपर्छ । यसो गर्नाले शनिसँग सम्बन्धित समस्याहरू हट्नेछन्।

शनिबारको दिन पिपलको रूखको पूजा गर्नु निकै शुभ मानिन्छ । यस दिन बिहान स्नान र ध्यान गरेपछि पिपलको रुखमा जल चढाएर तेलको दियो बालेर घुम्न जानुपर्छ ।