७ आश्विन २०८१, सोमबार
,
Latest
काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीयः राष्ट्रपति पौडेल बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० हजार बढी विद्युतीय सवारी आयात हुँदा १ खर्ब बराबरको राजश्व कमी हुन्छ: सरकार



अ+ अ-

काठमाडौ । सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म विद्युतीय सवारी साधन आयातमा वृद्धि भए १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति अनुरुप कर छुटका कारण चालु आ.व.को अन्त्यसम्म १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको हो ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा राजश्व संकलनको विषयमा जानकारी दिँदै अर्थ मन्त्रालयका राजश्व सचिव,भन्सार विभागका महानिर्देशक र आन्तरिक राजश्व विभागका महानिर्देशकले यस्तो बताएका हुन् । उनीहरुले सरकारले चालु आ.व.मा राजश्व संकलनमा लिएको लक्ष्यअनुसार नउठ्ने अवस्था देखिएका बताए । उनीहरुले मुलुकको आर्थिक गतिविधि सुस्तता, वैदेशिक व्यापारमा कमी र विद्युतीय सवारी साधनको आयातमा वृद्धि भएको कारण राजश्व संकलनमा कमी देखिएको बताए । उनीहरुले माघ मसान्तसम्म ५ हजार भन्दा बढी विद्युतीय सवारी साधन आयात हुँदा ५ अर्ब ७९ करोड राजश्व संकलन भएको भन्दै यही सख्यामा पेट्रोलिय पदार्थबाट चल्ने सवारी साधन आयात भएको भए ३५ अर्ब रुपैयाँको राजश्व संकलन हुने अवस्था रहेको बताए ।

बैठकमा बोल्दै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार विभागले माघ मसान्तसम्म भन्सार राजश्व २ खर्ब ३७ अर्ब उठाएको अवस्था रहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा भन्सार विभागले ६ खर्ब २७ अर्ब राजश्व संकलन गर्ने लक्ष्य भएपनि राजश्व संकलनमा लक्ष्य भन्दा धेरै पछाडि रहेको स्पष्ट पार्नुभयो । उहाँले आर्थिक ऐनका विभिन्न प्रावधानले दिएको छुटका कारण खबौंको रुपैयाँ कमी आएको उल्लेख गर्नुभयो । महानिर्देशक पौडेलले मुलुकको वैदेशिक व्यापारतर्फ आयात व्यापार ३ र निर्यात व्यापार ७.५ प्रतिशतले घटेकाले पनि राजश्व संकलन कमी आएको बताउनु भयो । उहाँले माघ मसान्तसम्म ५ हजार २२९ वटा विद्युतीय सवारी साधन आयात हुँदा ५ अर्ब ७९ करोड राजश्व संकलन भएको बताउनु भयो । उहाँले विद्युतीय सवारी साधनको ठाउँमा ५ हजार बढी सख्यामा पेट्रोलिय पदार्थबाट चल्ने सवारी साधन आयात भएको भए ३५ अर्ब रुपैयाँको राजश्व प्राप्त हुने अवस्था रहेको बताउनु भयो ।

उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्म पुग्दा करिव १० हजार भन्दा बढी विद्युतीय सवारी साधन आयात हुने देखिएकाले त्यसबाट चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधनको आयात वृद्धि हुँदा १ खर्ब बराबरको राजश्वमा कमी आउने देखिएको बताउनु भयो । उहाँले एलपी ग्यास र पेट्रोलिय पदार्थ लगायत अन्य केही वस्तुहरुको आयातमा कमी देखिएकाले चालु आ.व.को अन्त्यसम्ममा १० अर्ब ८१ करोड घटि राजश्व संकलन अवस्था देखिएको बताउनु भयो । उहाँले सरकारले विद्युतीय सवारी,पेट्रोलियम पदार्थ,तेल विभिन्न पार्टसहरुबाट१ खर्बको राजश्व गुमाउने देखिएको बताउनु भयो । उहाँले अहिले ६५ प्रतिशत राजश्व संकलन भएको अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘भन्सार विभागले माघ मसान्तसम्म भन्सार राजश्व २ खर्ब ३७ अर्ब उठाएको अवस्था छ । चालु आर्थिक वर्षमा भन्सार विभागले ६ खर्ब २७ अर्ब राजश्व संकलन गर्ने लक्ष्य रहेको छ । तर राजश्व संकलनमा लक्ष्य भन्दा धेरै पछाडि रहेका छौं । आर्थिक ऐनका विभिन्न प्रावधानले दिएको छुटका कारण खबौंको रुपैयाँ कमी भएको छ । मुलुकको वैदेशिक व्यापारको विश्लेषण गर्दा राजश्व संकलनको ९० प्रतिशत लक्ष्य पुग्छौं । आयात व्यापार ३ र निर्यात व्यापार ७.५ प्रतिशतले घटेको अवस्था छ ।

जसको कारणले राजश्व भन्सार संकलनमा कमी आएको अवस्था छ । माघ मसान्तसम्म ५ हजार २२९ वटा विद्युतीय सवारी साधन आयात भएको छ । जम्मा ५ अर्ब ७९ करोड राजश्व संकलन भएको अवस्था छ । यदि यही संख्यामा पेट्रोलिय पदार्थबाट चल्ने सवारी साधन आयात भएको भए ३५ अर्ब रुपैयाँको राजश्व प्राप्त गर्ने थियौं । चालु आर्थिक वर्षको अन्त्यसम्म पुग्दा करिव १० हजार भन्दा बढी विद्युतीय सवारी साधन आयात हुने र त्यसले १ खर्ब बराबरको राजश्वमा कमी आउने देखिएको अवस्था छ । एलपी ग्यास र पेट्रोलिय पदार्थ पनि कम आएको कारण १० अर्ब ८१ करोड घटि राजश्व संकलन अवस्था देखिन्छ । सरकारले तीवटा आइटमबाट १ खर्बको राजश्व गुमाउने देखिएको छ । यी सबै भएको भए ९० प्रतिशत राजश्व संकलन हुने थियो । अहिले ६५ प्रतिशत राजश्व संकलन भएको अवस्था छ ।’

अर्थ मन्त्रालयका राजश्व सचिव डा.रामप्रसाद घिमिरेले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आन्तरिक राजश्व संकलन १०.०३ प्रतिशतले वृद्धि रहेको बताउनु भयो । उहाँले भन्सार विभाग तर्फ ९.९१ प्रतिशत,गैर कर तर्फ १२.६९ प्रतिशत गरी जम्मा १०.२४ प्रतिशत रहेको बताउनु भयो । उहाँले गत वर्ष विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक कारणले राजश्व संकलनको हिसाबले असाधरण वर्षको रुपमा रहे पनि चालु आर्थिक वर्षको ६ महिनाको अवधिलाई हेर्दा गत वर्षको तुलनामा राजश्व संकलन लयमा फर्किंदै गएको बताउनु भयो । उहाँले मुलुकको राजश्व संकलनमा सुधार आउन केही समय लाग्ने बताउनु भयो ।

उहाँले सरकारले लिएको लक्ष्यअनुसार राजश्व संकलन हुन सकेको स्वीकार गर्दै अर्धवार्षिक मूल्याङ्कनमा राजश्व संकलन लक्ष्यमा संशोधन गरिएको बताउनु भयो । उहाँले १४ खर्ब २२ अर्ब राजश्व संकलनको लक्ष्य रहेकोमा संशोधन गरेर १२ खर्ब २ अर्बको लक्ष्य कामय गरिएको बताउनु भयो । उहाँले यो वर्ष राजश्व संरचनामा परिर्वतन आएको कारणले पनि कमी भएको दाबी गर्नुभयो । पहिला पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनबाट उल्लेखिय मात्रामा राजश्व संकलन हुने भएपनि अहिले त्यसमा कमी आउँदा उल्लेख्य रुपमा राजश्व घटेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक गतिविधि चलायमान नहुँदा र अर्थतन्त्रमा ठूलो परिर्वतन नभएको कारण उल्लेखिय रुपमा राजश्व संकलन हुन नसकेको जिकिर गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी राजश्व मूल्यअभिवृद्धि करबाट उठेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आन्तरिक राजश्व संकलन १०.०३ प्रतिशतले वृद्धि रहेको छ । भन्सार विभाग तर्फ ९.९१ प्रतिशत,गैरकरतर्फ १२.६९ प्रतिशत गरी जम्मा १०.२४ प्रतिशत रहेको छ । अन्यमा भने राजश्व संकलन कमी भएको छ । गत वर्ष विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक कारणले राजश्व संकलनको हिसावले असाधरण वर्षको रुपमा लिएका थियौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिलाई हेर्दा गत वर्षको तुलनामा राजश्व संकलन लयमा फर्किदै गएको छ । तथापी राजश्व संकलनमा सुधार आउन केही समय लाग्छ । सरकारले लिएको लक्ष्यअनुसार राजश्व संकलन हुन सकेको छैन । त्यो कारणले पनि अर्धवार्षिक मूल्याङ्कनमा राजश्व संकलन संशोधित गरेका छौं । १४ खर्ब २२ अर्ब राजश्व संकलनको लक्ष्य रहेकोमा संशोधन गरेर १२ खर्ब २ अर्बको लक्ष्य कामय गरेका छौं । यो वर्ष राजश्व संरचनामा परिवर्तन आएको कारणले पनि कमी भएको हो । पहिला पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनबाट उल्लेखिय मात्रामा राजश्व संकलन हुने थियो । त्यसमा अहिले उल्लेख्य रुपमा घटेको अवस्था छ । जुन हिसावले आर्थिक गतिविधि चलायमान हुन्छन् भन्ने थियो । अर्थतन्त्रमा ठूलो परिवर्तन नभएको कारण उल्लेख्य रुपमा राजश्व संकलन हुन नसकेको छ । समग्रता मुलुकको वैदेशिक व्यापार घटेको अवस्था छ । ३.४७ प्रतिशतले वैदेशिक व्यापार घटेको अवस्था छ । चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी राजश्व मूल्यअभिवृद्धि करबाट उठेको देखिन्छ । जसमा ३१.९ प्रतिशत छ । दोस्रोमा आयकरबाट छ । जसमा २०.७ र भन्सारबाट २१.६ प्रतिशत रहेको छ ।’

आन्तरिक राजश्व विभागका महानिर्देशक भुपाल बरालले चालु आर्थिक वर्षको १४ खर्ब २२ अर्बमध्ये ६ खर्ब ७७ अर्ब राजश्व संकलन गर्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले विभागले माघ अन्तिमसम्म ३ अर्ब ४७ अर्ब करिव राजश्व संकलन लक्ष्यको ८१ प्रतिशत मात्रै संकलन गरेको बताउनु भयो । उहाँले गत वर्षको तुलना गर्दा १० प्रतिशत बढी रहेको बताउनु भयो । उहाँले माघ महिनाको मात्रै लक्ष्य हेर्दा ४३ अर्ब भनेकोमा ३७ अर्ब राजश्व संकलन भएको बताउनु भयो । उहाँले वियर र चुरोटको अन्त:शुल्क घटेकाले वृद्धि कम भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘चालु आर्थिक वर्षको १४ खर्ब २२ अर्बमध्ये ६ खर्ब ७७ अर्ब राजश्व संकलन गर्ने लक्ष्य मन्त्रालयले तोकेको थियो । माघसम्मको अवस्था हेर्दा ३ अर्ब ४७ अर्ब करिव राजश्व संकलन लक्ष्यको ८१ प्रतिशत मात्रै संकलन गर्नसकेका छौं । गत वर्षको तुलना गर्दा १० प्रतिशत बढी रहेको छ । माघ महिनाको मात्रै लक्ष्य हेर्दा ४३ अर्ब भनेकोमा ३७ अर्ब राजश्व संकलन गरेका छौं । आयकर हेर्दा सन्तोषजनक रहेको छ । बियर र चुरोटको अन्त:शुल्क घटेकाले वृद्धि कम भएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा आयकरमा कमी हुने अवस्था छ । समग्र लक्ष्यको हिसाबले हेर्दा आर्तिक वर्षको अन्त्यसम्म हेर्दा ८० प्रतिशत बढी लक्ष्य पुर्‍याउने अनुमान छ । सरकारको अपेक्षा अनुसार कारोबार वृद्धि नहुँदा राजश्व लक्ष्य प्रभावित भएको छ । पुँजीगत खर्च निर्माण व्यवसायीको भुक्तानी लगायतको कारण वृद्धी हुन सकेन । आगामी दिनमा राजश्व संकलन पनि वृद्धि हुने अपेक्षा रहेको छ ।’

उहाँले चालु आ.व.मा आन्तरिक राजश्व ८० प्रतिशत बढी लक्ष्य पुर्‍याउने अनुमान रहेको बताउनु भयो । उहाँले सरकारको अपेक्षा अनुसार कारोबार वृद्धि नहुँदा राजश्व लक्ष्य प्रभावित भएको दाबी गर्नुभयो । उहाँले पुँजीगत खर्च निर्माण व्यवसायीको भुक्तानी लगायतको कारण वृद्धी हुन नसकेको बताउनु भयो । उहाँले आगामी दिनमा राजश्व संकलन पनि वृद्धि हुने अपेक्षा रहेको बताउनु भयो ।