• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

इन्दु र रुविनाको पार्टनरसिपमा सम्हालिँदै नेपाल



काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता-२०२४ अन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।

मलेसियाको क्वालालाम्पुरमा जारी खेलमा नेपालले १४ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ७३ रन जोडेको छ ।

कप्तान इन्दु वर्माले २३ तथा रुविना क्षेत्रीले १६ रन जोड्दै नेपाललाई अघि बढाइरहेका छन् ।

नेपालले आजको खेल जितेमा आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछ ।