१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमशीलताका लागि महिलालाई तालिम



अ+ अ-

काठमाडौं । महिला उद्यमशीलताका लागि वडा ११ मा खेलौना र कुसन बनाउने तालिम सुरु भएको छ । आजबाट सुरु भएको तालिम २५ गतेसम्म चल्नेछ । तालिममा न्युन तथा मध्यम आय भएका महिला सहभागी छन् । वडा ११ को सहयोगमा साथी नेपालले तालिम आयोजना गरेको हो । यसका लागि भोटेवहाल महिला समूहले सहजकर्ताको काम गरेको छ । 

तालिम उद्घाटन गर्दै वडाध्यक्ष हीरालाल तण्डुकारले तालिमबाट प्राप्त गरेको ज्ञान र सीपलाई उत्पादनमा रुपान्तरण गर्ने अपेक्षा राखेको बताउनुभयो । ‘तालिम लिएपछि काम गर्ने पैसा भएन भने हामी शुन्य व्याजमा ऋण खोजी दिन्छौं । उत्पादन भएका सामानका लागि बजार खोजी गरिदिन्छौं । तपाईँहरु व्यवसायिक उद्यमी बन्ने इच्छा राख्नोस् ।’ वडाध्यक्ष तण्डुकारको भनाइ थियो । 

साथी नेपालका अध्यक्ष सरिता सापकोटाका अनुसार तालिममा खरायो, बसेको कुकुर, ठूलो कुकुर, लभ आकारको डल्लो र चारपाटे कुसन बनाउन सिकाइन्छ ।