• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

एक करोड रुपैयाँ बराबरका विदेशी मुद्रासहित दुई जना पाकिस्तानी विमानस्थलबाटै पक्राउ



symbolic picture

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक करोड रुपैयाँ बराबरका विदेशी मुद्रासहित दुई जना पाकिस्तानी पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७५ बाट काठमाडौं ओर्लिएका ३१ वर्षीय यासिन अहमद र ४८ वर्षीय मोहमद अनाम लखानी डनमार्कको मुद्रा (५ लाख डेनिस क्रोन) सहित पक्राउ परेका हुन् । यो रकम ९५ लाख रुपैयाँभन्दा बढी हो । उनले त्यति ठूलो रकम किन लिएर आए भन्ने खुलेको छैन ।

विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा विदेशी मुद्रा बरामद भएपछि उनलाई पक्राउ परेर प्रहरी वृत्त गौशालामा राखिएको छ । पक्राउ परेका दुवै जनालाई आज सम्पत्ति सुद्धीकरण विभागको जिम्मा लगाउने तयारी छ ।