१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

ओलीको आरोप: प्रधानमन्त्रीले योग्यलाई छोडेर त्रिवि उपकुलपतिको सर्टलिष्ट बनाए (भिडियोसहित)

ओलीको आरोप: प्रधानमन्त्रीले योग्यलाई छोडेर त्रिवि उपकुलपतिको सर्टलिष्ट बनाए (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले योग्यजतिलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवी) को उपकुलपतिको सर्टलिष्ट बनाएको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित क्रियाकलाप गरिसकेका योग्य सावित नहुनेहरुलाई त्रिवीको उपकुलपति बनाउन लागेको जिकिर गर्नुभएको हो ।

बुधवार पार्टी निकट विद्यालय संगठन अनेरास्ववियुले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दलीय आधारमा उपकुलपति हुँदैनन भनेर भन्ने प्रधानमन्त्री दाहालले मेरिटोक्रेसीको नाममा ठाडै राजनीतिक दलको सेवा गरेर हिँड्नेहरुलाई त्रिवी उपकुलपतिमा सर्टिङ गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले मेरिटोक्रेसीको नाममा त्रिवी उपकुलपति छनौटको विषयलाई प्रधानमन्त्रीले नाटकको रुपमा मञ्चन गर्ने काम गरेको समेत बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले अस्तीनै २/४ पटक खोक्नुभयो । गज्जवसँग खोक्नुभयो । खोकेको भन्छन के त्यसलाई । कुराले खोकेको नि । उहाँले खोक्नु भयो–अब विश्वविद्यालयमा मेरिटोक्रेसी लगाईन्छ । दलीय आधारमा हुँदैन भनेर । अहिले जुट सर्टलिष्ट उहाँहरुले बनाउनु भएको छ । योग्यजतिलाई छाड्नुभएको छ । गठबन्धनका आसेपासेहरु, वरपर बस्नेहरु, अयोग्य सावित भइसकेकाहरु, अयोग्य हुनेपछि पनि योग्य नहुने, यस्ता ठाउँमा जिम्मेवारी दिन नहुने भनिएकाहरु, नचाहिने काम गरेकाहरु ठाडै राजनीतिक दलका सेवा गरेर हिँड्नेहरु त्यस्ताहरुको सटिङ गरेर अब उहाँको मेरिटोक्रेसी पहिला नै देखियो । गठबन्धनको पक्षमा हुनुपर्ने, गठबन्धनका लागि अनुचित, अपवित्र क्रियाकलाप गरिसकेका प्रमाणितहरु हुनुपर्ने भन्ने देखिसकियो । छानिएका मानिसहरुलाई मैले केही भन्नु छैन । उनीहरु त्यसै गरेर खाई आएका हुन । ठिकै छ । कोही पोखरामै असफल भएका, कोही टियूमै असफल भएका, कोही कुन विश्वविद्यालयमा असफल भएका, त्यस्ता मान्छेहरु फेरि उहाँहरुले नयाँ मान्छेहरु कोही जन्मिएकै छैनन् जस्तो र ठिक ढंगले काम गरेकाहरुले विश्वविद्यालयको छेउमा नै पर्नुहुन्न जस्तो, प्रमाणित रुपमा राम्रो काम गरेका र गर्न सक्ने क्षमता प्रदर्शन गरेका टिक्नै नसक्ने, त्यस्तालाई सर्टलिष्टमै फ्याँकि दिने । अनि मेरिटोक्रेसीको कुरा गर्ने । मैले प्रधानमन्त्रीजीलाई भनेको थिए उहाँले खोकी राखेको बेला । मेरिटोक्रेसीको गफ दिएर हिँड्नुभएको थियो । त्यसबेला मैले भनेको थिए–तपाईले छनौट समितिबाट बनाउने भन्नुभएको छ । छनौंट समिति चाहीँ कस्तो हुन्छ ? कसको बनाउनु हुन्छ ? आफ्नै मान्छे राखेर छनौट समिति बनाउने । उहाँहरु तरिका के गर्नुहुन्छ भने एउटा नाटक मञ्चन गर्नुहुन्छ । अहिले एउटा गैरआवासीय नेपालहरुको ४ वटा अधिवेशन भइसक्यो । जहिले पनि काँग्रेसले लफडा गरेको छ ।’

अध्यक्ष ओलीले गैर आवासीय नेपाली संघको निर्वाचनमा नेपाली काँग्रेसले पटक पटक लफडाको विषय बनाएर फुटाउने काम गरेको पनि दोहोर्‍याउनु भयो । —न्युज एजेन्सी नेपाल