९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

मध्यपहाडमै भविष्यको खोजी गर्नसक्ने गरी नीति कार्यक्रम बनाउनुपर्छ: उपाध्यक्ष पौडेल (भिडियोसहित)

मध्यपहाडमै भविष्यको खोजी गर्नसक्ने गरी नीति कार्यक्रम बनाउनुपर्छ: उपाध्यक्ष पौडेल (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं ।  नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मध्यपहाडी क्षेत्रमा नै भविष्यको खोजि गर्नुपर्छ भन्ने सन्देश दिनेगरी आगामी नीति तथा कार्यक्रम बनाउनुपर्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव र मन्त्रालयका सचिवहरुलाई एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग समेटेको ध्यानाकर्षणपत्रका विषयमा छलफल गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले संकल्प यात्राका क्रममा मध्येपहाडी लोकमार्ग क्षेत्रको विकासका ध्यान नदिँदा त्यो क्षेत्रमा जनसांख्यिक असन्तुलन आइरहेको भन्दै त्यस्ता खालका असन्तुलन रोक्नको लागि सरकारले आगामी वर्षको नीति कार्यक्रम र बजेटमा आउने गरी मन्त्रालयगत विषयलाई महत्वका साथ अगाडि बढाउन सचिवहरुलाई आग्रह गर्नुभयो । उहाँले सरकारले मध्यपहाडी लोकमार्गलाई देशको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । नेता पौडेलले सरकारले मध्यपहाडी लोकमार्गको झुलाघाट–चिवाभञ्ज्याङसम्मकै डिपिआर परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले डिपीआर परिमार्जन गर्दा अनावश्यक रुपमा घुमेका मार्गलाई करेक्शन गर्न पनि आवश्यक देखिएको भन्दै करेक्शन गर्दा केही दूरी कम हुने बताउनु भयो । उहाँले मध्येपहाडी लोकमार्गको डिपिआर परिमार्जन गर्ने र नयाँ डिपिआर गर्ने क्रममा सम्भावित सुरुङ मार्गको अध्ययनमा समावेश गर्नुपर्ने बताउनु भयो । उहाँले मध्येपहाडी लोक राजमार्गलाई वर्तमान अवस्थाका प्रविधिलाई जोडेर बनाउने हो भने मध्येपूर्वका जिल्लाबासीहरु काठमाडौं आउँदा मध्येपहाडी लोकमार्ग प्रयोग गर्नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले मध्यपहाडी क्षेत्रको विकासमा सरकारले ल्याउने बजेटमा यो विषयलाई प्राथमिकताका साथ समावेश गर्न माग गर्नुभयो । उहाँले उक्त मार्गलाई दोब्बर लेनको बाटोको रुपमा निर्माण गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले यस क्षेत्रमा सिंचाई, खानेपानी,कृषि,फलफूल क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यक देखिएको बताउनु भयो । उहाँले मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि सडक पूर्वाधार सिंचाई,खानेपानी,शिक्षा स्वास्थ्य र भौतिक र मानवीय विकासका सबै आधारित भएर माग पत्रमा समावेश गरेको भन्दै सचिवहरुले प्राथमिकता दिन आवश्यक रहेको बताउनु भयो । उहाँले मध्यपहाडको विकासको मुद्दालाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले मध्यपहाडी लोकमार्गलाई देशको मेरुदण्डको रुपमा विकास गर्नसक्छौं भन्ने हामीले भ्रमणको क्रममा निष्कर्षमा पुगेका छौं । त्यसको लागि सबै भन्दा पहिला मध्यपहाडी लोकमार्गको डिपिआर परिमार्जन गर्नुपर्छ । झुलाघाटदेखि चिवाभञ्झ्याङसम्मको डिपिआर परिमार्जन गर्नुपर्‍यो । परिमार्जन गर्दा जहाँजहाँ अनावश्यक रुपमा घुमेको छ । त्यो करेक्शन गर्नुपर्छ । करेक्शन गर्दा मात्रै पनि केही दूरी कम हुन्छ । तत्काल गर्न आर्थिक रुपमा साथ नदिए पनि सधैँ यही अवस्थामा रहँदैन । त्यसले गर्दा मध्यपहाडी लोकमार्गको डिपिआर परिमार्जन गर्ने र नयाँ डिपिआर गर्ने क्रममा सम्भावित सुरुङ मार्गको अध्ययनमा समावेश गर्नुपर्छ । यो राजमार्गलाई वर्तमान अवस्थाका प्रविधिलाई जोडेर बनाउने हो भने मध्यपूर्वका जिल्लाबासीहरु काठमाडौं आउँदा मध्यपहाडी लोकमार्ग प्रयोग गर्न सक्छन् । पछिल्लो समय मध्यपहाडी क्षेत्रमा देखा पर्न थालेको जनसांख्यिक असन्तुलन देखापर्दैछ । जुनखालको बसार्इंसराईको असरमा छ मध्यपहाड त्यो समस्या समाधान गर्नसक्छौं । आगामी सरकारले ल्याउने बजेटमा यो विषयलाई प्राथमिकताका साथ समावेश गरियोस् । उक्त मार्गलाई डब्बल लेनको बाटोको रुपमा निर्माण गर्ने वातावरण बनाउन आग्रह गरे । यो क्षेत्रका सिंचाई, खानेपानी,कृषि,फलफूल क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यक छ । मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि सडक पूर्वाधार सिंचाई,खानेपानी,शिक्षा स्वास्थ्य र भौतिक र मानविय विकासका सबै आधारित भएर माग पत्र बुझाएका छौं । मध्यपहाडको विकासमा सरकारले ध्यान दिन नसक्दा धेरै प्रकारको असन्तुलनको सामना मुलुकले गर्नुपर्ने स्थिति सिर्जना हुँदैछ त्यसतर्फ ध्यान दिनुपर्छ । मध्यपहाडको विकासको मुद्धालाई सरकारले प्राथमिकताका साथ लिएको छ भन्ने सन्देश दिँदै बसाईसराई होइन मध्येपहाडमा भविष्यको खोजी गर्नुपर्छ भन्ने सन्देश दिनेगरी अगाडि बढ्नुपर्ने आवश्यकता छ । त्यस हिसावले अगाडि बढ्नका निम्ति आउने आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा आउने गरी मन्त्रालयगत विषयलाई महत्वका साथ अगाडि बढाउनुहुन्छ भन्ने आशा गरेका छौं ।’

छलफलमा सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले एमालेले बुझाएको सुझाव कुनै पार्टी विशेष भन्दा पनि समग्र देशको आवश्यकता र मध्यपहाडी क्षेत्र र आसपासका ठाउँहरुको समग्र विषय समावेश भएकाले त्यही अनुसार प्राथमिकता दिएर काम गर्न सचिवहरुलाई निर्देशन दिनुभयो । उहाँले मध्यपहाडी लोकमार्गको विषयमा आएका सुझावलाई अध्ययन गरेर मन्त्रालयगत गर्नुपर्ने आवश्यक निर्देशन मन्त्रीबाट लिएर अगाडि बढ्न सचिवहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ उहाँहरुले बुझाएको सुझाव कुनै पार्टी विशेष भन्दा पनि समग्र देशको आवश्यकता र मध्यपहाडी क्षेत्र र आसपासका ठाउँहरुको समग्र विषय समावेश भएको हुनाले कतिपय विषयहरु सर्वे गरेर काम गर्न सहज हुने देखिएको छ । त्यो सुझाव हेरेर मन्त्रालयगत रुपमा केके गर्न सकिन्छ । मन्त्रीहरुसँग समन्वय गरेर निर्देशन लिएर त्यो निर्देशनअनुसार अगाडि बढाउन सचिवहरुलाई निर्देशन गर्छु । सरकारका आगामी वर्षका नीति तथा कार्यक्रम र आयोजनाहरु हुन्छन् त्यसमा अहिले आएका मागहरुलाई कसरी समावेश गर्न सकिन्छ भन्ने हिसावमा काम गर्न आग्रह गर्दछु ।’

नेकपा एमालेले मंसिर १४ देखि पुस १ गतेसम्मको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग र पार्टीले अनुभुति गरेका विषयहरूलाई समेटेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । त्यही विषयमा मन्त्रालयगत रुपमा कार्यान्वयनको लागि आवश्यक छलफल गरेको छ । ध्यानाकर्षणपत्रमा सडक, कृषि, उद्योग भवन निर्माण, खेलकुद, खानेपानी लगायतका विषय समेटिएका छन् । —न्युज एजेन्सी नेपाल