१३ माघ २०८१, आईतवार
,
Latest
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना सरकारले विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोमा सभामुखसामु विपक्षी दलको आपत्ति सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ सूचनाको हकले शासन प्रणालीलाई पारदर्शी बनाउनेः मुख्यमन्त्री कार्की एन्फा यु–१६ युथ लिग फुटबल: चर्च ब्वाइजले पुलिसलाई हरायो भुटानी शरणार्थी प्रकरणः बेचन झाको कागजात मगाउन सर्वोच्चको आदेश भारतले मनायो ७६ औँ गणतन्त्र दिवस–(फोटोफिचर) रविको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी जसपाको संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार धितालका ७ पुस्तक एकैपटक सार्वजनिक



अ+ अ-

काठमाडौँ: पत्रकार एवं लेखक मनऋषि धितालले आफ्ना ७ पुस्तक एकैपटक सार्वजनिक गर्नुभएको छ । नेपाली जनयुद्धका अनुभूति समेटिएका ती पुस्तक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक समारोहबीच सार्वजनिक गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले जनयुद्ध दिवसको ऐतिहासिक अवसर पारेर इतिहासलाई जीवन्त राख्न पुस्तकले सहयोग गर्ने बताउनुभयो । उहाँले पुस्तकको सफलताको शुभकामना दिनुभयो ।

पत्रकार धितालको पुस्तक ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधारयात्रा’, ‘राजमार्गयात्रा’, ‘पिलीयात्रा’ र ‘गण्डकयात्रा’ आज सार्वजनिक गरिएका हुन् । उहाँको यसअघि ‘गुफाप्रेसका चिठ्ठी’ पुस्तक प्रकाशित भइसकेको छ । सो अवसरमा अर्का लेखक एवं भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको पुस्तक ‘रामराज्यका अँध्याराहरु’ समेत प्रधानमन्त्री दाहालले सार्वजनिक गर्नुभयो ।

लेखक धितालले जनयुद्धकालको स्मरण गर्ने उद्देश्यका साथ पुस्तक प्रकाशन गरेको जानकारी दिनुभयो । लेखक एवं भाषा आयोगका अध्यक्ष  ठाकुरले जनताको बलिदानबाट स्थापित गणतन्त्रविरुद्ध उभिन खोज्नेका बारेमा आफूले पुस्तकमा उल्लेख गरेको बताउनुभयो । उहाँको पुस्तकमा १३ कथा छन् । रासस