• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

महिला क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी बनिन् रुविना



काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीका प्रमुख ब्याटर रुविना क्षेत्रीले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा कीर्तिमान बनाएकी छन् ।

रुविना नेपाली महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् । माल्दिभ्सविरुद्ध जारी खेलमा ५४ बलमा शतक पूरा गर्दै उनले दुर्लभ इतिहास रचेकी हुन् ।

उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनिन् । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान ८२ रनको थियो ।