• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एसीसी महिला प्रिमियर कप: रुविनाको उत्कृष्ट शतक



काठमाडौँ । जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा माल्दिभ्सविरुद्ध नेपालकी पूर्वकप्तान रुविना क्षेत्रीले शतक बनाएकी छन् ।

उनले ५४ बलमा तीन छक्का र १० चौका प्रहार गर्दै आफ्नो शतक पूरा गरेकी हुन् ।

मलेसियाको बाँगीमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले ताजा स्थितीमा  १८ ओभरमा चार विकेट गुमाएर एक सय ८८ रन बनाएको छ ।