९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

दुर्घटनामा परेको ट्रकमा आगजनी: ट्रक यातायात व्यवसायी महासंघको आपत्ति, क्षतिपूर्ति भराउन माग

दुर्घटनामा परेको ट्रकमा आगजनी:  ट्रक यातायात व्यवसायी महासंघको आपत्ति, क्षतिपूर्ति भराउन माग
अ अ+ अ-

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले दुर्घटनामा परेको ट्रकलाई आगजनी गरेको भन्दै आपत्ति जनाएको छ ।

आइतबार रानी भन्सारतर्फ गइरहेको समयमा बिराटनगर महानगरपालिका वडा नं. ५ बरगाछीमा बा.प्र.३–००१ ख नम्बरको मालवाहक ट्रक, को ३६ प २८८९ नम्बरको स्कुटरसँग ठोक्किदा स्कुटर चालकको मृत्यु भएको थियो ।

सो घटनामा उत्तेजित भीडले ट्रकमा आगजनी गरेको र ट्रक जलेर पूर्ण रुपमा क्षति भएको भन्दै महासंघले आपत्ति जनाएको हो । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको र घाईतेको उपचारका लागि अस्पताल लगिरहेको अवस्थामा ट्रकमा आगजनी गरिएको भन्दै महासंघले भत्र्सना समेत गरेको छ ।

महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै सडक दुर्घटना अप्रत्यासित र काबु बाहिरको परिस्थितिमा हुने भन्दै भीडले दुर्घटनामा परेका पीडितहरुको उद्दार गर्न छाडेर अर्को दुर्घटना गरेका भन्दै ती व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ । साथै क्षति भएको ट्रकको बिगो समेत आगजनीमा संलग्न व्यक्तिहरुबाटै असुल उपर गराउन समेत माग गरिएको छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बिक्रम वानियाँले सडकमा यस्ता अराजक गतिवधि नरोकिए र यस्ता घटनाहरुलाई नजर अन्दाज गरिए महासंघ बिरोधका कार्यक्रम गर्न बाध्य हुने बताए । उनले आफुहरुको मागलाई वेवास्ता गरिए महासंघले सशक्त विरोध गर्दै ढुवानीको सवारी साधनहरु घर तथा ग्यारेजमा थन्क्याउन बाध्य हुने चेतावनी समेत दिए ।