• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

दुर्घटनामा परेको ट्रकमा आगजनी: ट्रक यातायात व्यवसायी महासंघको आपत्ति, क्षतिपूर्ति भराउन माग



काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले दुर्घटनामा परेको ट्रकलाई आगजनी गरेको भन्दै आपत्ति जनाएको छ ।

आइतबार रानी भन्सारतर्फ गइरहेको समयमा बिराटनगर महानगरपालिका वडा नं. ५ बरगाछीमा बा.प्र.३–००१ ख नम्बरको मालवाहक ट्रक, को ३६ प २८८९ नम्बरको स्कुटरसँग ठोक्किदा स्कुटर चालकको मृत्यु भएको थियो ।

सो घटनामा उत्तेजित भीडले ट्रकमा आगजनी गरेको र ट्रक जलेर पूर्ण रुपमा क्षति भएको भन्दै महासंघले आपत्ति जनाएको हो । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको र घाईतेको उपचारका लागि अस्पताल लगिरहेको अवस्थामा ट्रकमा आगजनी गरिएको भन्दै महासंघले भत्र्सना समेत गरेको छ ।

महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै सडक दुर्घटना अप्रत्यासित र काबु बाहिरको परिस्थितिमा हुने भन्दै भीडले दुर्घटनामा परेका पीडितहरुको उद्दार गर्न छाडेर अर्को दुर्घटना गरेका भन्दै ती व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ । साथै क्षति भएको ट्रकको बिगो समेत आगजनीमा संलग्न व्यक्तिहरुबाटै असुल उपर गराउन समेत माग गरिएको छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बिक्रम वानियाँले सडकमा यस्ता अराजक गतिवधि नरोकिए र यस्ता घटनाहरुलाई नजर अन्दाज गरिए महासंघ बिरोधका कार्यक्रम गर्न बाध्य हुने बताए । उनले आफुहरुको मागलाई वेवास्ता गरिए महासंघले सशक्त विरोध गर्दै ढुवानीको सवारी साधनहरु घर तथा ग्यारेजमा थन्क्याउन बाध्य हुने चेतावनी समेत दिए ।