६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संगीतरत्न तथा मेलोडी किङ बासकोटालाई ‘साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’



अ+ अ-

काठमाडौं– संगीतरत्न तथा मेलोडी किङ एबं गीतकार, तथा गायक शम्भूजीत बासकोटालाई ‘साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिने भएको छ ।

नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको ‘साधना म्यूजिक रिवार्ड–२०८०’ मा बासकोटालाई सम्मान गर्न लागिएको हो ।

आयोजक सामना म्यूजिक क्रिएसनकी अध्यक्ष सामना शाहले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपतिसमेत रहेका बासकोटालाई पाँच दशकदेखि नेपाली संगीतमा पुर्याएको योगदानको कदर गर्दै ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्न लागिएको जानकारी दिनुभयो । आयोजकले यसअघि नै ‘साधना म्यूजिक रिवार्ड–२०८०’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिसकेको छ ।

यस पटकको रिवार्डमा लोकदोहोरीतर्फ लोकगीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका, मोडलमा पुरुष र महिला साथै अन्य विधामा भिडियो निर्देशक, छायाँकार, दृश्य सम्पादक, एरेन्जरका साथै राष्ट्रिय गीतमा पनि अवार्ड प्रदान गरिँदैछ ।

अवार्ड कार्यक्रम आगामी फागुन १५ गते काठमाडौंको गोङ्गबुस्थित बिजी ब्याङ्क्वेटमा गर्ने तयारी आयोजकको रहेको छ ।