८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

चालु आर्थिक वर्षमा ८७.३८ प्रतिशत मात्रै बजेट खर्च हुने अनुमान

चालु आर्थिक वर्षमा ८७.३८ प्रतिशत मात्रै बजेट खर्च हुने अनुमान
अ अ+ अ-

काठमाडौँ  । सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको छ ।

सोमवार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको हो । बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आम्दानी र खर्चको मूल्याङ्कनको आधारमा बजेटको लक्ष्य घटाएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा विनियोजित बजेटको ८७.३८ प्रतिशत मात्रै खर्च हुने अवस्था रहेको बताउनु भयो । उहाँले चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेटलाई संशोधित अनुमानअनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुनेगरी संशोधित गरिएको बताउनु भयो ।

उहाँले मध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने बताउनु भयो । उहाँले चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताउनु भयो । उहाँले वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरिएको उल्लेख गर्नुभयो । उहाँले सरकारको स्रोतबाट राजश्व र आन्तरिक ऋण १३ खर्ब ९ अर्ब १३ करोड ४६ लाख र विदेशी अनुदानतर्फ ४० अर्ब १२ करोड ९ लाख, वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख उठ्ने संशोधित अनुमान रहेको बताउनु भयो । उहाँले चालुतर्फ १० खर्ब १३ अर्ब रुपैयाँ, २ खर्ब ५४ अर्ब रुपैयाँ पुँजीगततर्फ रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ६८ अर्ब खर्च हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले चालु आर्थिक वर्षको १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट विनियोजन हामीले प्रश्ताव गरेका थियौं । अहिले सबै सम्भावित स्रोतबाट कति आउन सक्छ । सरकारको लक्ष्य अनरुपको आम्दानी हुन नसक्ने नभएपछि खर्च गर्ने सरकारको प्रचलन छ । त्यसमा सरकारले जति प्रयास गरिरहेको छ । त्यसका बाबजुद थप सुधार हुन समय लाग्ने देखियो । त्यसले गर्दा आम्दानीको स्रोतको कोणबाट पनि लक्ष्यअनुरुप नै पुराउन कठिन देखियो । खर्चको हिसावले पनि कठिन देखियो । त्यसो हुनाले त्यसमा १५ खर्ब ३० अर्ब २६ करोड ६५ लाख संशोधित खर्च हुने अनुमान गरेका छौं । यो शुरुको बजेट विनियोजनको ८७.३८ प्रतिशत खर्च गर्न सक्नेछौं । चालु खर्चतर्फ ८८.८४ प्रतिशत,पुँजीगत खर्चतर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ साँवा ब्याज गरी ८७.३९ प्रतिशत अनुमान गरेका छौं । चालु आर्थिक वर्षको अन्त्य सम्ममा नेपाल सरकारको स्रोतबाट राजश्व र आन्तरिक ऋण १३ खर्ब ९ अर्ब १३ करोड ४६ लाख र विदेशी अनुदानतर्फ ४० अर्ब १२ करोड ९ लाख, वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख संशोधित अनुमान हामीले गरेका छौं । सुधार र सुशासन कायम गर्ने कुरालाई सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेका छौं ।’

अर्थमन्त्री डा. महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको दाबी गर्नुभयो । उहाँले कठिन परिवेशमा आफूले अर्थमन्त्रीको जिम्मेवारी लिएको भन्दै आफू आएपछि अर्थतन्त्रले सकारात्म लय समाएको बताउनु भयो । उहाँले आर्थिक सुधारको विषयमा तत्काल परिणाम ननिस्किने भन्दै अहिले सार्वजनिक भएका सबै अर्थतन्त्रका सूचक सकारात्मक रहेको बताउनु भयो । उहाँले सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि वृद्धि हुने सरकारको अपेक्षा रहेको बताउनु भयो । उहाँले बजेट पद्धतिलाई चुस्त बनाउन अझै केही समय लाग्ने उल्लेख गर्नुभयो ।

उहाँले सूचक सकारात्मक बन्दै गएपनि सरकारको लक्ष्यअनुसार सूचक नभएको स्वीकार गर्नुभयो । उहाँले मूल्यवृद्धि सरकारको लक्ष्य भन्दा पनि कममा आएको भन्दै मूल्यवृद्धि नियन्त्रणमा रहेको बताउनु भयो । उहाँले कर्जा प्रवाहमा नहुने चिन्ता भएपनि आगामी दिनमा कर्जा वृद्धि हुने अपेक्षा रहेको बताउनु भयो । उहाँले आयातमा गैरभन्सार चुहावटको आशंका रहेको बताउनु भयो । उहाँले सरकारको समग्र खर्च ३२.५७ प्रतिशत रहेको बताउनु भयो । अर्थमन्त्री महतकाअनुसार राजश्व संकलन ७७.४ प्रतिशत र राजश्व वृद्धिदर ९.६७ प्रतिशत रहेको बताउनु भयो । उहाँले इन्धनमा आयातित गाडी अहिले ईभी प्रमोसनमा जाँदा धेरै कर घटेको भन्दै महत्त्वपूर्ण भाग आयातमा राजश्व एकदमै कम भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले ६.४७ छ मूल्यवृद्धि कम भएको छ । उपभोक्ताको पक्षबाट हेर्दा लागत कम हुन्छ । राहत पनि पुग्छ । कर्जा प्रवाहमा सबैले चिन्ता थियो । ब्याजदर उच्च थियो । आउने दिनमा कर्जा प्रवाह बढ्छ । पहिला कर्जा लिनेहरुले समस्या भोगे । शेयर र घरजग्गामा लगानी बढी भयो । ब्याजदर घटाउन र मौद्रिक नीति पनि त्यहीअनुसार आयो । अहिले केही सहजता भएको छ । नयाँ ऋण लिनेहरुलाई विगतको जस्तो हुने डरले कर्जा प्रवाहमा हुन सकेन । २.६ प्रतिशतलाई सकारात्मक मान्नुपर्छ । निजी क्षेत्रको कर्जा प्रवाह ४ प्रतिशतले बढेको छ । ३२.७५ प्रतिशतले समग्र खर्च भएको छ । समग्र खर्च बढेको छ । धेरै नियम कानूनहरु तिब्रगतिमा अगाडि बढाएका छौं । दीर्घकालिन आर्थिक दायित्व पर्ने विषयमा अन्य निकायहरुबाट प्राप्त भएका १३० ऐन नियम कार्यविधि,निर्देशिका र मापदण्ड राय अर्थ मन्त्रालयले दिएको छ । बहुवर्षिय ठेक्का सहमति मापदण्ड २०८० हामीले जारी गरेर त्यहीअनुसार काम गर्न थालेका छौं ।

विगतका समय बहुवर्षीय ठेक्का दिँदा भविष्यमा कति बजेट र आम्दानी हुन सक्छ भनेर मध्यनगर नराखि बहुवर्षीय ठेक्का दिँदा दायित्व सम्बोधन गर्न कठिन भएको अवस्था मन्त्रालयले भोगेका छौं । राजश्व परिचालनको क्षेत्रमा बजेटको लक्ष्यको तुलनामा ७७.४ प्रतिशत रहेको छ । शतप्रतिशत हासिल गर्ने सरकारको लक्ष्य हो । आगामी दिनमा सुधार गर्न सकिन्छ भन्ने लागेको छ । राजश्व वृद्धिदर समग्रमा ९.३७ प्रतिशतले बढेको छ । पहिला ऋनात्मक रहेको अवस्था थियो । सरकारले भनेको जस्तो खर्चको आवश्यकता छ । आवश्यकतालाई मध्येनजर राखेर बजेट बनाउँछौं । त्यो बनाउँदा स्रोत देखाउनुपर्छ । त्यहीअनुसार राजश्व बढ्नसक्ने अनुमान गरौं । त्यो अनुमान अनरुप नभए पनि ६७ प्रतिशतको वृद्धिदर राम्रो वृद्धिदर हो । तर सरकार यसबाट सन्तुष्ट छैन ।

बढाउने लक्ष्यका साथ काम गरिरहेका छौं । अहिले व्यापारको स्वरुप पनि बिस्तारै परिवर्तन भइरहेको छ । इन्धनमा आधारित सवारी साधनहरु आयात गर्ने गरेका थियौं । ३ सय प्रतिशतसम्म कर लगाउने गरेका थियौं । अहिले विद्युतीय सवारी साधनलाई प्रामोसन गर्ने निर्णय गरौं । अब ग्रिन अर्थतन्त्रमा जाने भनेर । त्यसले गर्दा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न कर धेरै घटायौं । विद्युतीय सवारी साधनमा धेरै ठूलो माग बढ्यो । त्यो हुनाले ठूलो महत्वपूर्ण कर इन्धनमा आधारित सवारी साधनमा आउने गरेको थियो । त्यसबाट आउने आम्दानी एकदमै कम भयो । त्यो भएर सरकारको राजश्व जति बढ्नुपर्ने थियो त्यो वृद्धि हुन सकेन । व्यापारको कारोबार परिवर्तन भएको छ । डिजिटल रुपमा कारोबार हुन थालेको छ । सफ्टवयेरहरु विदेशमा निर्यात हुन्छ । सबै नयाँ प्रविधिमा व्यापारहरु जान थाल्यो । त्यसलाई अझ हाम्रो कर प्रणालीले एकमुष्ट रुपमा जोड्न सकेको छैन ।’

उहाँले विगतमा बजेटमा घोषणा गरिएको दायित्व ठूलो भएकाले सरकारलाई बजेट व्यवस्थापन गर्न कठिन भएको बताउनु भयो । विगतमा शेयर बजार र घर जग्गामा लगानी बढ्दा बैंकिङ क्षेत्र समस्यामा परेको उल्लेख गर्नुभयो । उहाँले सरकारले राजश्वका विषयमा सुझाव दिन उच्चस्तरिय समिति गठन गरेको भन्दै उक्त समितिले दिने सुझावका आधार आगामी वर्ष सरकारले नीतिगत सुधार गर्ने बताउनु भयो ।