• ११ फाल्गुन २०८०, शुक्रबार
  •      Fri Feb 23 2024
  •   Unicode
Logo
Latest
★   आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौँका छ लाख बालबालिका समेटिँदै ★   प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, एमाले झन् आक्रामक बन्ने ★   नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी, कुन–कुन पदमा खुल्यो जागिर ? ★   जग्गा प्राप्तिका लागि काभ्रेका तीन हजार भूमिहीनको आवेदन ★   देशका लागि ५० गोल पूरा गरेपछि के भन्छिन् ‘साम्बा’ ? ★   तीन वर्षअघि सन्यास लिएका टोनी क्रुस जर्मन टोलीमा फर्किए ★   चन्द्रागिरि डाँडामा हिउँ -फोटो फिचर ★   विश्वकप लिग–२ः नामिबिया र नेदरल्याण्ड्स भिड्दै ★   नेपालमा जल, जङ्गल र जमिनको उपयोग ★   महासमितिले कांग्रेसको नीति बनायो कि भत्कायो ?

व्याकुल माइलाद्वारा बेबिलोन स्कुलका शिक्षक र कर्मचारीलाई ‘दशक सेवाकालीन शैक्षिक सम्मान’ प्रदान



काठमाण्डौ। राष्ट्रियगानका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’ले राजधानीको शान्तिनगरमा रहेको बेबिलोन नेशनल स्कुलमा १० वर्ष अनवरत सेवा गरेका ८ जना व्यवस्थापक, शिक्षक र र्कमचारीलाई ‘दशक सेवाकालीन शैक्षिक सम्मान’ प्रदान गरेका छन् ।

आइतबार सम्पन्न विद्यालयको माद्यमिक तहको अभिभावक दिवस कार्यक्रममा सम्मानित हुनेहरुमा विद्यालय व्यवस्थापनतर्फ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् नृत्य, गायन तथा वाद्यवादन संयोजक गायक प्रकाश आचार्य, विद्यालयका प्रवन्ध निर्देशक देविभक्त राई र कार्यक्रम संयोजक टिकाप्रसाद सुवेदी छन् ।

यसैगरी सम्मानित हुने अन्यमा माद्यमिक शिक्षक मनोज मण्डल, आधारभूत तह शिक्षिका पवित्रा राजभण्डारी, लाइब्रेरियन जानुका सुवेदी, विद्यालय सहयोगी अप्सरा काफ्ले र छात्रावास सहयोगी छलिमाया मगर छन ।

बेबिलोन एजुकेशन फाउण्डेशनका अध्यक्ष तेज बहादुर राईको सभापतित्वमा सम्पन्न विद्यालयको माद्यमिक तहको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका प्रिन्सिपल राजु राईले विद्यालयको प्रगती विवरण तथा भावी योजनाबारे जानकारी गराएका थिए ।

त्यस अवसरमा माद्यमिक तहका विद्यार्थीहरुले नृत्य, गायन, ड्रिल, नाटक, कराते लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।