• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

क्यानडाविरुद्ध नेपाल राम्रो स्थितीमा, भीमले पनि हाने अर्धशतक



काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।

सिरिजमा क्लीन स्वीप गर्ने लक्ष्यका साथ उक्त टार्गेट चेज गरिरहेको नेपालका लागि भीम सार्कीले अर्धशतक बनाएका छन् ।

उनले ७८ बलमा अर्धशतक बनाएका हुन् । यस्तै अनिल शाह पनि ७५ रनका साथ क्रिजमा छन् ।

यो खबर लेख्दासम्म नेपाल ३१.२ ओभरमा एक विकेटको क्षतिमा १४७ रनको स्थितीमा छ ।