• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा ★   चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर ★   अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै ★   प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ ★   कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै ★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

ललितपुर महानगर १ वडामा ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनियाविरुद्ध खोप



symbolic picture of vaccine

काठमाडौँ । ललितपुर महानगरपालिका १ वडा कोपुण्डोलले वडा क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिने तयारी गरेको छ । आगामी फाल्गुन ३ र ८ गते दुई चरणमा खोप कार्यक्रम सञ्चालन हुन लागेको छ ।

जाडो महिनामा जोखिम उमेर समूहका नागरिकलाई हुन सक्ने निमोनियाको जोखिमबाट बचाउनको लागि निमोनियाँ विरुद्धको खोप दिन लागेको ललितपुर महानगरपालिका १ वडा कार्यालय वडा अध्यक्ष निर्मल तण्डुकारले बताउनु भयो ।

उहाँका अनुसार ललितपुर महानगरपालिका १ वडामा घरदैलो डिजिटल स्वास्थ्य सर्वेक्षण गरिएको थियो उक्त सर्वेक्षणबाट ६८ वर्ष माथिका करिब ४०० जना जेष्ठ नागरिकहरु तथ्यांक प्राप्त भएता पनि गत वर्षहरुमा महानगरपालिकाको सहयोगमा जेष्ठ नागरिकहरुलाई खोप लगाइ सकेको र बाँकी १५० जनालाई खोप तयारी भएको छ ।

ललितपुर महानगरपालिका ज्येष्ठ नागरिकलाई निमोनियाँ विरुद्धको खोप दिने पहिलो स्थानीय निकाय हो । यो खोप खुद्रा मूल्यमा ६ हजार ७ सय पर्न आउँछ । यस खोपले वृद्ध अवस्थामा चिसोको कारण हुन सक्ने निमोनियाको सङ्क्रमणबाट बचाउन सकिने आधारभूत स्वास्थ्य केन्द्र ललितपुर १ का इन्चार्ज मधुकरमणी आचार्यको भनाइ छ ।