• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य



काठमाडौं । एक दिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई जितको लागि २३३ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो ।

क्यानडाको लागि नवनित धलिवलले अर्धशतक बनाए । उनीे ८२ बलमा ५ चौका प्रहार गर्दै ५० रन बनाएर आउट भए । निखिल दत्त ४५, कप्तान साद बिन ३१, श्रीमन्था विजयरत्न २२, श्रेयस मोभा २९, आरोन जोन्सन ४ र निकोलस किर्तोनले ३ रन जोडे ।

नेपालका लागि डेब्यु गरेका हेमन्त धामीले ३ विकेट लिए । यस्तै, कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिए ।

नेपालले आजको खेल जिते तीन खेलको सिरिज क्लिनस्विप गर्नेछ ।