२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नइलाई डा.उपाध्यायबाट एघार लाख



अ+ अ-

काठमाडौं । नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा. कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान भएको छ । उहाँले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईलाई आज हस्तान्तरण गर्नुभएको हो ।

यसभन्दाअघि पनि डा। उपाध्यायले नइ प्रकाशनको अक्षयकोषका लागि छ लाख रूपियाँ प्रदान गर्नुभएको थियो ।

नइ प्रकाशनले दुर्गम क्षेत्रका जेहेनदार विद्यार्थीको हित हेतु एघार लाख रूपियाँमध्ये दस लाख रूपियाँ राशिको व्याजबाट ‘नइ कपिल विद्यापदक’को स्थापना गर्ने निर्णय गरेको छ ।

हरेक वर्ष जनही तीस हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ दुर्गम जिल्लाका सरकारी विद्यालयबाट बाह्र कक्षामा सर्वोत्कृष्ट हुने दुई जना छात्रालाई प्रदान गरिने सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।