• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

वन्तको अध्यक्षतामा गोरखा पत्रकार समाजमा नयाँ नेतृत्व



काठमाडौँ: गोरखा घर भई काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवशनले पत्रकार प्रदीपराज वन्तको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित हुनुभको छ ।

यस्तै सुदीप कैनी, लीलाधर कोइराला, राधा रोकाहा, उत्सव विक तथा मोहसिन अलि मियाँ कार्यसमिति सदस्य चयन हुनुभएको छ । आजको अधिवेशनले सर्वसम्मतरूपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिनुभयो ।

नवनिर्वाचित कार्यसमितिको आजै बसेको बैठकले वरिष्ठ पत्रकार रामजी दाहाल, खीलाबहादुर भण्डारी तथा सुशील अर्याललाई पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

बैठकले गोर्खाली पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि गम्भीररूपमा लाग्ने तथा गोरखाका सुन्दर पर्यटकीय क्षेत्रको उजागर गर्न मद्दत गर्ने निर्णयसमेत गरेको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वरिष्ठ पत्रकार दाहालले एकताबद्ध भएर काम गर्न सके संस्थाले गोरखाका पत्रकारका लागि धेरै योगदान पुर्याउन सक्ने धारणा राख्नुभयो । यस्तै उहाँले अबको समय खोज पत्रकारिताको भएको भन्दै अध्ययनशील बन्न सुझाव दिनुभयो ।

वरिष्ठ पत्रकार सुशील अर्यालले गोरखाली पत्रकारले गोरखाका ऐतिहासिक, सांस्कृतिक पहिचान स्थापित हुने खालका समाचार खोज्ने तथा लेख्नुपर्नेमा जोड दिनुभयो । गोरखाका अग्रज पत्रकार बद्री पोखरेल, भरत ढकाल, विवेक रेग्मी, अमृत दाहाललगायतले गोरखाको समग्र विकास र गोरखाका पत्रकारको क्षमता अभिवृद्धिमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष वन्तले गोरखामा रहेका तथा काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका सबै पत्रकारको क्षमता अभिवृद्धिमा आफूले सक्दो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कुनै पनि दल तथा वैचारिक विचारधारमा विभाजित नभई गोरखा र गोरखाको पत्रकारिताको विकासका खातिर जुटेर लागिरहने बचन दिँदै एक भएर अघि बढ्न सबैलाई आह्वानसमेत गर्नुभयो । गोरखा पत्रकार समाज २०७७ सालमा दर्ता भएर क्रियाशीलरूपमा अघि बढिरहेको छ ।रासस