• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना ★   श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल ★   श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव ★   वेस्ट इन्डिजविरुद्ध नेपालले आज तेस्रो खेल खेल्दै ★   मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल ★   आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस (फाेटाे फिचरसहित) ★   लखनउले मुम्बईलाई ४ विकेटले हरायो ★   च्याम्पियन्स लिगः बायर्न र रियलले बराबरी खेले ★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा

चिन र नेपाल वीच मैत्रीपूर्ण फुटबल, नेपाल ५–१ गोलले बिजयी



काठमाडौंं । चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गरिएको चिन र नेपाल वीचको मैत्रीपूर्ण फुटबलमा नेपालले ५–१ गोलले जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि छिरिङ लामा, सञ्जीव बिष्ट र नीराजन धामीले समान एक गोल थपे । चिनियाँ टोलीका जासी पेङकोउले सान्त्वना गोल फर्काए । सञ्जीव बिष्टले दोस्रो मिनेटमा नै गोल गर्दै नेपाली युवा टोलीलाई अग्रता दिलाए । ३९औं मिनेटमा समिरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यससँगै पहिलो हाफमा नेपाली युवा टोलीले २–० को अग्रता बनायो ।

समीरले नै ५४ औं मिनेटमा गोल गर्दै नेपाली युवा टोलीको अग्रता ३–० मा पुर्‍याए । ६३ औं मिनेटमा छिरिङ लामाले अर्को गोल गरे । त्यससँगै नेपाली युवा टोलीले अग्रता ४–० मा पुर्‍याए । ७५ औं मिनेटमा नीराजनले गोल गर्दै घरेलु टोलीलाई ५–० को सहज अवस्थामा पुर्‍याए । पाहुना टोलीका पेङकोउले ७८ औं मिनेटमा गोल फर्काउँदै अग्रता छोट्याए । त्यसपछि थप गोल हुन सकेन र नेपाली युवा टोलीले सहज जित निकाल्यो ।

कार्यक्रमलाई सम्वोधन गर्नु हुदै अध्यक्ष तिमल्सिनाले खेलमा जुन टिमले जिते वा हारे पनि नेपाल र चीन बीचको समवन्धले जित्ने बताउनुभयो । कार्यक्रमलाई सम्वोधन गर्नु हुदै नेपालका लागि चिनिया राजदुत चेन सङले दुई देशको सम्वन्धलाई प्रगाड बनाउने क्रममा नयाँ बर्षका अवसरमा फुटबल आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्वु, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ लगायत परिषदका सदस्यहरुको उपस्थिति थियो । नेपालका लागि चिनीय राजदुत र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा प्रतियोगिता भएको हो ।