९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न आवश्यक छः पूर्वसभामुख सापकोटा

अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न आवश्यक छः पूर्वसभामुख सापकोटा
अ अ+ अ-

काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्याडिकल रिफर्म (अर्थतन्त्रको संरचनामा परिवर्तन) गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परम्परागत बजेट, योजना निर्माणका ढाँचाहरुमा परिवर्तन गरेर र्याडिकल रिफर्मको आवश्यकता रहेको बताउनु भयो । उहाँले चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको बताउनु भयो । चीनसँग प्रविधिका बारेमा पनि धेरै कुराहरु सिक्नुपर्ने बताउनु भयो । उहाँले सरकारले तातोपानी, केरुङ लगायतका नाकाहरु सुचारु गर्नका लागि आवश्यक काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले आर्थिक क्षेत्रमा एउटा ¥याडिकल रिफर्म गर्ने भन्नुभएको छ । त्यस अर्थमा पनि यो धेरै नै महत्वपूर्ण छ । परम्परागत सबै बजेट, योजना निर्माणका ढाँचाहरु र सबै परिवर्तन गरेर एउटा र्याडिकल रिफर्म, एउटा निरन्तरतामा क्रम भंग गर्ने उहाँको जुन सोच छ, त्यो सोचलाई यो कार्यक्रमले मद्दत पुर्याउँछ । चीन हाम्रो छिमेकी राष्ट्र जहाँ गरिबी निवारण र आर्थिक विकासमा चमत्कार गरिरहेको छ, त्यस अर्थमा पनि हामीले त्यहाँको प्रविधि सिक्ने हिसावले, आर्थिक विकासबाट सिक्ने हिसावले पनि यो धेरै महत्वपूर्ण छ । हामीले नाकाहरु सुचारु गर्न, तातोपानी, केरुङ लगायतका नाकाहरु सुचारु गर्नका लागि धेरै मिहेनत गरेका छाँै ।’

पूर्वसभामुख सापकोटाले कुटनीतिक कौशलबाट सीमा सम्बन्धिका सबै समस्या समाधान गर्न सकिने बताउनु भयो ।