• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

काठमाडौँ महानगरको नि:शुल्क स्वास्थ्य शिविरमा २३५ जनाको स्वास्थ्य परीक्षण



काठमाडौंँ । काठमाडौँ महानगरपालिकाको सरसफाइलगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारी लक्षित स्वास्थ्य शिविरमा आज २३५ जनाले स्वास्थ्य परीक्षण गराउनुभएको छ ।

महानगरको जनस्वास्थ्य विभागले आयोजना गरेको शिविरमा ३ सय जनाको परीक्षण गर्ने लक्ष्य राखिएको थियो । विहान ८ बजेबाट सुरु भएको शिविर ३ बजेसम्म चलेको थियो ।

शिविरमा आधारभूत स्वास्थ्य परीक्षणसँगै नाक, कान, घाँटी र आँखाको परीक्षण भएको थियो । परीक्षणपछि आवश्यक पर्ने औषधि नि:शुल्क प्रदान गरिएको थियो ।

जनस्वास्थ्य अधिकृत मञ्जु मास्केकाअनुसार जाँचबाट जटिल खालको समस्या भेटिएन । आँखा सम्बन्धी रिपार्ट प्राप्त हुन बाँकी छ ।