७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोशी उच्च बाँधका लागि भारतको एकतर्फी जोड



file photo
अ+ अ-

काठमाडौं । भारतका उर्जामन्त्री आरके सिंहले गत साता दिल्लीमा आयोजित कार्यक्रममा कोसी उच्च बाँधको प्रसंग उप्काए । कार्यक्रम थियो बाँध तथा जलाधार क्षेत्रको दिगो विकाससम्बन्धी । मन्त्री सिंहले वातावरण बचाउने नाममा एकतर्फी ढंगले बाँधहरुको विरोध भइरहेको आरोप लगाउँदै भारतका केही ठूला जलविद्युत् आयोजनाका कारण विभिन्न राज्यहरुको विकास भएको दाबी गरे । 

त्यही क्रममा उनले कोसी (सप्तकोशी) उच्च बाँधको प्रसंग पनि उप्काएका हुन् । ुयदि बिहारका कसैलाई व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने उसको प्रमुख चाहाना नेपालको कोसी नदीमा ठूलो बाँध बनाउनु नै हुन्छ । जहाँ पनि हामीले ठूला बाँध बनाएका छौँ, त्यहाँका जनताको जीवनस्तर पुस्तौँसम्म सुधार भएको छ । यो सन्देश सबैतिर प्रवाह गर्न खाँचो छ ।ु मन्त्री सिंहको भनाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् । 

भारतीय पक्षबाट कोसी उच्च बाँधको प्रसंग उठेको यो पहिलो पटक होइन । उर्जा जलस्रोतका द्विपक्षीय बैठकदेखि हरेकजसो उच्चस्तरीय भेटघाट र भ्रमणमा भारतले यस विषयमा जोड दिँदै आएको छ । कान्तिपुर दैनिकमा छ