• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

कालिकोटमा सुत्केरीको हेलिकोप्टरबाट उद्धार



मान्म (कालीकोट) । कालिकोटमा सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । पलाँता गाउँपालिका–६ उखाडीकी ३५ वर्षीया रिउली रोकायाको बुधबार हेलिकप्टरमा उद्धार गरिएको हो ।

मङ्गलबारदेखि सुत्केरी व्यथाले च्यापेकी रिउलीलाई आफन्तले पलाँता गाउँपालिकास्थित नेटा स्वास्थ्य चौकी पुर्‍याएका थिए । सुत्केरी हुन नसक्दा उहाँलाई आज हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको पालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपाने बताउनुभयो । “रिउलीले सुर्खेतमा छोरालाई जन्मदिनुभएको छ”, उहाँले भन्नुभयो ।

सुत्केरी रिउलीको नेटामा उपचार सम्भव नभएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीमार्फत हेलिकप्टर मगाएर सुर्खेत पठाएको पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले बताउनुभयो । रासस