३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री तापसी पन्नूको घरमा विभागले मार्यो छापा



अ+ अ-

एजेन्सी । भारतको आयकर विभागले बलिउड अभिनेत्री तापसी पन्नूको घरमा छापा मारेको छ । विभागले फ्यान्टम फिल्म्ससँग जोडिएका मानिसको घरमा करछलीको आरोपमा खोजी गरिरहेको हो । 

साथै निर्माता मधु मान्तेना, निर्देशक निर्माता अनुराग कश्यप तथा विकास बहलको घरमा पनि छापा मारिएको छ । हालसम्म २२ ठाउँमा छापा मारिएको विभागले जानकारी दएको छ । 

फ्यान्टम फिल्म्स अहिले अस्तित्वमा छैन । त्यस फिल्म निर्माण तथा वितरण कम्पनी अनुराग कश्यप, निर्देशक विक्रमादित्य मोटवाणे, निर्माता मधु मान्तेना र विकास बहलले शुरू गरेका थिए । 

सन् २०११ मा शुरू गरिएको कम्पनी सन् २०१८ मा भंग गरिएको थियो । बहललाई यौन दुर्व्यवहारको आरोप लागेपछि कम्पनी बन्द भएको थियो । 

तीन वर्षपछि मधु मान्तेनाले कश्यप, मोटवाणे र बहलको शेयर किनेका थिए । उक्त क्पनीले लूटेरा, एनएच१०, मसान, उडता पञ्जाब र रमन राधव २.० जस्ता फिल्म बनाएको छ ।